मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

जनताको १६ करोड पैसा नोक्सान :- मेलम्ची

1 min read

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको लागि बिछ्याइएको ३० किलोमिटर पाइपक्षतिग्रस्त हुँदा १६ करोड रुपैयाँ नोक्सान भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार उपत्यकाभर ३० किलोमिटर पाइप क्षतिग्रस्त भएको छ।
कलंकी–कोटेश्वर सडक निर्माणको क्रममा नौ सय ७० मिटर खानेपानीको पाइपलाइन क्षतिग्रस्त भएको निर्देशनालयले जनाएको छ।

काठमाडौं,भक्तपुर र ललितपुरका विभिन्न स्थानमा ३० किलोमिटरभन्दा धेरै पाइप क्षतिग्रस्त भएका छन्। निर्देशनालयका कार्यकारी प्रमुख भोजविक्रम थापाले चक्रपथ सडक सुधार योजना, सडक विभाग, ढल विभाग, सडक डिभिजन कार्यालय र स्थानीय तहले सडकतथा ढल निर्माणको क्रममा मेलम्ची खानेपानी आयोजनाले बिछ्याएको पाइपमा क्षति पु-याउने बताए।‘विभिन्न सरकारी निकायले सडक र ढलको काम गर्दा आयोजनाले बिछ्याएको पाइपलाइनमा क्षति पु-याएका हुन्,’ उनले भने,‘सम्बन्धित निकायलाई पत्राचार गरेर क्षतिपूर्तिको लागि ताकेता गरिरहेका छौं। तरउनीहरुले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएका छैैनन्।

कार्यकारी प्रमुख थापाका अनुसार अर्थ मन्त्रालयले क्षतिग्रस्त पाइप फेर्न अहिलेलाई रकम दिने र पछि सम्बन्धित निकायबाट असुलउपर गर्ने आश्वासन दिएको छ। निर्देशनालयले पाटन क्षेत्रमा ३२ किलोमिटर क्षेत्रमा मात्रै पाइपलाइन विस्तारको काम बाँकी रहेको जनाएको छ। निर्देशनालयका अनुसार बल्कलाइनमा ७७ किलोमिटर र वितरण प्रणालीअन्तर्गत ११ सय ३२ किलोमिटर पाइप बिछ्याइनेछ। अब जम्मा ३२ किलोमिटर मात्रै पाइप बिछ्याउन बाँकी छ। आयोजनाले वितरण प्रणालीमार्फत प्राइमरी,सेकेन्डरी र टर्सरी गरेर तीन भागमा विभाजन गरी घरघरमा खानेपानीको पाइप पु-याइएको छ।

निर्देशनालयका अनुसार करिब २७ लाखभन्दा धेरै जनसंख्यामा मेलम्चीको खानेपानी पुग्नेछ। मेलम्ची खानेपानी उपआयोजना–१ ले मेलम्चीको पानी सुन्दरीजल खसाल्नेबित्तिकै जनताको घरदैलोमा वितरण गर्ने तयारी गरेको निर्देशनालयले जनायो।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?