मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आज मिती २०७७ कात्तिक १६ गते आईतबारको राशिफल । श्री पाथिभरा माताले सबैको कल्याण गर्नुहोस् । ॐॐॐॐॐॐॐ

मिती २०७७ कात्तिक १६ गते आईतबारको राशिफल हेर्नुहोस् अनि शेयर गर्नुहोस् । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विभिन्न अवसरले पछ्याउने छन् । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ ।

नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडी बढ्न सकिनेछ । दिन राम्रै छ । आय बृद्धि हुने दिन छ । नयाँ कामको अवसर पनि मिल्ला । अँँन्नको लाभ पनि हुने दिन छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । धनको पनि लाभ होला । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । कमाई बढ्नाले सुख बढ्नेछ । विगतको श्रमबाट पनि धन लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । साथीभाइसंग भेटघाट पनि होला । नौलो स्थानको यात्रा हुनेछ । रोकिएका कामहरु बन्नेछन् । धनको प्राप्ती पनि होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला, सावधान रहनु होला । समय त्यति राम्रो छैन, गलत विचार बढने छ । समयमा सहि निर्णय गर्न सकिदैन । रोगले साताउला, सोच्दै नसोचेको ठाँउमा रुपैँया पैसाको खर्च होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)विशेष योजना गोप्य राख्नुहोला । बन्न लागेको पनि बिग्रन सक्ने दिन छ, होस पुर्याउनु होला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ । त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्मविश्वास बढ्नेछ । आफन्तको काममा नै आजको दिन बित्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ । अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रोसंग कमाई हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । धन लाभ पनि होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – भौतिक साधन जुट्नेछन् । नउठ्ने रकम उठ्ने दिन छ । मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धन प्राप्तीको योग छ । टाढाको यात्रा पनि होला । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – ईष्या गर्नेहरू सक्रिय रहनेछन् । छर छिमेकमा झगडा हुन सक्छ, एकदमै सावधान रहनु होला । गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने साथै झै झगडा पनि होला । शरिरमा आलश्यता छाउने देखिन्छ । कसैसंग सामान्य वादविवाद पर्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – नयाँ काममा समय मात्र बित्नेछ । नोकरीमा आज अल्छी लाग्न सक्छ । व्यापारमा सफलताले मन रमाउने छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । जागीरमा पनि ठिकै छ । मान सम्मान मिल्नेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाई प्रति रहनेछ । बोल्दा धेरै कामहरु सहज हुनेछन् । धार्मिक काममा मन जानेछ । काममा पनि उत्साहजनक समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविध लाभ पनि होला । सहयोग र नयाँमित्रको आगमनले अन्तत आफ्नो मन प्रसन्न हुनेछ । धनको लाभ पनि होला । सोचेका काम बन्नेछन् । केही खर्च लागे पनि सोचेको काम बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ, खानपानमा होस पुर्याउनु होला । परिश्रमले आफ्नो लक्ष्य पूरा गर्न सकिनेछ । नोकरी र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला । सोच्दै नसोचेको ठाँउमा पैसा जाने दिन छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?