मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मन्त्री घिमिरे भन्नुहुन्छ ,”को रोना संक्रमणको मात्रा हेरेर स्टेप चालिरहेका छौं”,स्टेप चाल्दै अघि बढे गर्ने के?,हेर्नुहोस।

विराटनगर। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले को रोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । को रोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उहाँले बताउनुभयो ।

विराटनगरमा निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साँझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माण भईरहेको आईसोलेसन केन्द्रको अनुगमन गर्दै मन्त्री घिमिरेले भन्नुभयो,‘ नेपालमा को रोना संक्रमण देखापरे लगत्तै कोभिड अस्पताल निर्माण शुरु गरियो ।

’ संक्रमित बढेसँगै कोभिड अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आईसोलेसन केन्द्रहरु थप गर्दै लगिएको मन्त्री घिमिरेले बताउनुभयो ।

निजी क्षेत्रसँगको साँझेदारीमा अक्सिजन सहितको १ सय वेड बाहेक प्रदेश सरकारले कोभिड अस्पताल परिसरमै रहेको भवनमा विशिष्टिकृत सेवा सहितको थप १ सय वेड निर्माणको काम भईरहेको जानकारी दिनुभयो ।

संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा विशिष्टिकृत सेवा सहितको १ सय वेड तयार गरिने उहाँले बताउनुभयो । मन्त्री घिमिरे भन्नुभयो,‘ निर्माण कार्य धमाधम भईरहेकाले चाँडै सञ्चालन गरिने छ ।’

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट काम शुरु गर्दा छिटो हुने बताउनुभयो । अक्सिजन सहितको वेड तत्काल आवस्यक भएकाले सरकारी प्रकृयामा ढिलो हुने भएकाले भएकाले निजी क्षेत्रसँगको साँझेदारीमा काम शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले महानगर क्षेत्रमा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्नुभयो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?