मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

किसानको मास्टर माईन्ड : बाँदर धपाउन बाघको राखेको यस्तो तस्बिर प्रयोग !,,हेर्नुहोस

काठमाडौं : हरिया रूखमा लटरम्म सुन्तला र रुद्राक्ष फलिरहेको छ । फराकिलो बगैंचालाई बेरबार गरिएको छ । बगैंचाको चार छेउ चारवटा ठूला प्लेकार्ड र फ्लेक्समा आ’क्रामक बाघको फोटो राखिएको छ ।

मेलम्ची नगरपालिका–५ सिन्धु कोट पुराना गाउँस्थित चिरञ्जीवी सिग्देलको बगैंचामा पुग्ने जोकोही जिज्ञासा राख्छन्– बगैंचामा बाघको तस्बिर किन ? ‘

बाँदर धपाउन यसरी चारैतिर बाघको तस्बिर राखें, त्यसपछि बादर त’र्सिएर आउन छाड्यो,’ सिग्देल सोध्नेलाई यही वाक्य दोहोर्‍याइ रहन्छन् ।

बाली होस् या फलफूल, तरकारी या अन्नपात, कहिल्यै घरमा पूरा भित्रिन पाउँदैनथ्यो । दर्जनौंको संख्यामा बाँदरको हूल पसेर बाली मासिदिन्थे, खाइदिन्थे, नउम्रिँदै उखेलेर फालिदिन्थे ।

हुँदाहुँदा बाँदरले स्थानीयलाई समेत सास्ती दिन थालेपछि सिन्धुकोटपारि भोटेचौरका कृषकले गत वर्ष भएका सबै रूख मासिदिए ।

बाघ आएको बेला बाँदर आउँदैन भन्ने सुनेका सिग्देललाई बाँदरलाई लखेट्न ढुंगा मुढा गर्नु भन्दा मनोवैज्ञानिक त्रास उत्पन्न गर्ने जुक्ति फुर्‍यो । ‘बाघको फोटो प्रिन्ट गरेर बगैंचा वरिपरि टाँसी दिएँ । कान्तिपुर दैनिकमा अनिश तिवारीले खबर लेखेका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?