मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“आज केपी शर्मा ओलीमाथी आफ्नै,भनिनेहरू खनिएको देख्ता महाभारतको, युद्ध, को याद आयो” फणीन्द्र नेपाल।

काठमाडौं :फणीन्द्र नेपालले आज आफ्नो सामाजिक सन्जाल फेसबुकमा यस्तो स्टाटस लेख्नुहुन्छ ” मलाई आज केपी शर्मा ओलीमाथी आफ्नै भनिनेहरू खनिएको देख्ता महाभारतको युद्धमा चक्रव्यूह तोडेर बाहिर निस्कन खोज्दा ६ जना महारथीहरूले घेरेर मारिएका अभिमन्युको याद अाइरहेको छ ।

“म जहिले पनि एउटा नेपालीको महत्त्व उसले यो राज्य बचाउन के गर्यो भन्ने कुराको आलोकमा हेर्ने गर्छु । केपी शर्मा ओलीले आँफै तम्सिएर गर्नुभयो कि चिनियाँहरूले अवसरको सदुपयोग गरेर नेपालीलाई उपकृत गरे ,।

“त्यो ओलीलाई नै थाहा होला तर चीनसँग पहिलोपटक पारवहन सन्धि र पछि प्रोटोकलमा समेत हस्ताक्षर गरेर राजा महेन्द्रपछि उत्तरको ढोका खोल्ने काम गरेर उहाँले नेपाली जातिको लागि नै ठूलो गुन लगाउनुभएको कुरा स्वर्णाक्षरले लेखिनेछ ।

“इन्डियाले अाफूलाई पारवहनको निर्विकल्प ठानेर हामीमाथि ज्यादती गरिरहेकोमा केपी शर्मा ओलीका कारणले नै हामीलाई सहज विकल्प प्राप्त भएको हो । जुन काम राजा वीरेन्द्रले गर्न

“सक्नुभएन , जुन काम गर्नुपर्छ भन्ने ध्यान राजा ज्ञानेन्द्रको पुगेन , त्यो काम केपी शर्मा ओलीले फत्ते गर्नुभयो ।

“केपी शर्मा ओलीको यो गुन नेपाली जातिले कहिल्यै बिर्सन मिल्दैन , भलै उनका अाफ्नै साथीहरूले बिर्सिऊन् !

“नेकपाभित्रको अहिलेको महाभारतमा मेरो उत्सुकता अवश्य छ तर कुकुरका अघिल्तिर हड्डीजस्तो बनाइएको प्रधानमन्त्री पदको लुछाचुँडी उनीहरूको घरेलु मामिला हो ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?