मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“हावा बाट बिजुली,निकाल्ने,तयारी,हेर्नुहोस।

नारायणपुर, १५ कात्तिक । स्वच्छ ऊर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलोचरणको परीक्षण सफल भएको छ ।

“दाङको गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि पहिलो परीक्षण सफल भएको हो ।

“कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादन गरेर विद्युत्को सहज व्यवस्थापनका लागि पहिलो चरणमा गरेको परीक्षण सफल भएको हो ।

“हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो चरण सफल भएको जानकारीसहितको पत्र गढवा गाउँपालिकामा आएको वडा नम्बर ८ का अध्यक्ष सद्दाम सिद्दिकीले जानकारी दिए ।

“कोइलाबास क्षेत्रका नागरिकलाई लक्षित गरी २४ सैं घण्टा विद्युत् आपूर्तिका लागि हावाबाट विद्युत् उत्पादनको परीक्षणको काम सफल भएको सिद्दिकीले बताए ।

“हावाबाट विद्युत् उत्पादन भएमा कोइलावास नाकाका २५० घरधुरी लाभान्वित हुने उनको भनाइ छ । विद्युत् उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण भएर परीक्षणका लागि ट्रान्समीटर पनि जडान भइसकेको छ ।

“कोइलाबास नाका क्षेत्रमा विद्युत् सेवा भए पनि नियमित हुन नसक्दा स्थानीयले सास्ती पाउँदै आएकोमा अब हावाबाट विद्युत् उत्पादनको काम अघि बढेको अध्यक्ष सिद्दिकीले बताए । विश्व बैंकको सहयोगमा हावाबाट बिजुली उत्पादन गर्ने काम शुरु भएको हो ।

“त्यस्तै बङ्गलाचुली–२ पुरुङछेडामा गरिएको परीक्षण पनि सफल भएको छ । जिल्लाका दुई स्थानमा गरीएको परीक्षण पहिलो चरणमा सफल भएकोले स्थानीयवासी खुशी भएका छन् ।

“गत वर्षदेखि यी दुई स्थानमा टावर स्थापना गरी सम्भाव्यता अध्ययन भैरहेको थियो । स्याटलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाएको थियो ।

“पहिलो परीक्षण सफल भएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिए । जिल्लाका ती दुवै स्थानमा ८० मिटर अग्लो टावर निर्माणगरी पङ्खा जडान गरिएको थियो न्युज24 बाट ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?