मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“यसरी गर्दैछ।ब्यापार,कम्पनी ले”चामल मा,कालोबजारि हेर्नुहोस।

कालिकोट, ” प्रहरीले बिहीबार सुर्खेतको सुब्बाकुनाबाट नियन्त्रणमा लिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रहेको खुलेको छ ।

“जिल्ला प्रहरी कार्यालय सुर्खेतले चामलको नमूना परीक्षणका लागि सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा पठाएको थियो । कम्पनीले अनौपचारिक जानकारी दिएअनुसार नियन्त्रणमा लिएको चामलको नमुना कम्पनीसँग रहेको जापानी,चामलसँग मिलेको एसपी राजेन्द्र भट्टले बताउनुभयो । सरकारी अनुदानको जापानी चामल बजारमा अहिले सहजै किन्न पाइँदैन ।

“प्रहरीले वीरेन्द्रनगरस्थित दुर्गा भगवती इन्टरप्राइजेजको नाममा भक्तपुर पठाउन लागिएको २ सय ५० क्विन्टल चामल सुब्बाकुनाबाट नियन्त्रणमा लिएको थियो । इन्टरप्राइजेजका प्रोप्राइटर रहेका वासुदेव शर्मा, शर्मा निर्माण सेवाका समेत मालिक”रहेको बुझिएको छ ।

“शर्मा निर्माण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल ढुवानीकर्ता हो । शर्मा निर्माणको नाममा मुगुको कालै बिक्री केन्द्रमा पठाउने भनेर कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट,उठाएको चामले भक्तपुर पठाउन लागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

“शर्माले बिक्री केन्द्रको लागि कम्पनीको गोदामबाट असोज २६ गतेसम्म १ हजार क्विन्टल र कात्तिक ५ गते १ सय क्विन्टल चामल उठाएको बुझिन आएको छ । शर्मा निर्माण सेवाले गरेको सम्झौता अनुसार १५ दिनभित्र तोकिएको स्थानमा,चामल पुर्याइसक्ने उल्लेख छ।न्युज24 बाट ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?