मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“टिम दिल्लीले सन्दिप लामिछाने लाइ खेलाउने हो भने ,अझै पनि यसरी आईपिएल जित्न सक्छ।

काठमाडौँ : साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । आजको पहिलो खेलमा मुम्बईले दिल्लीलाई ९ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ११ रनको लक्ष्य मुम्बईले १४ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो ।

“मुम्बईको जितमा इशान किशनले अविजित रहदै ७२ रनको अर्धशतकीय इनिङ्स खेले । क्विन्टन डी ककले २६ रन जोड्दा सूर्यकुमार यादब १२ रनमा अविजि रहे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

“खराब ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक २५ रन जोड्दा ऋषब पन्तले २१ रन बनाए । शिम्रन हिटमायरले ११ रन बनाउदा ओपनर पृथ्वी शले १० रन जोडे । रविचन्द्र आश्विनले १२ रन बनाउँदा शिखर धवन सुन्य रनमा आउट भए । कागिसो राबडा १२ रनमा आउट हुँदा प्रविन डुबे ७ रनमा अविजित रहे । मुम्बईका जस्प्रित बुम्राह र ट्रेन्ट बोल्टले समान ३/३ विकेट लिए । राहुल चाहर र नाथन कल्टरले १/१ विकेट लिए ।

“आजको हारसँगै दिल्लीलाई प्ले अफमा पुग्न समस्या देखिएको छ । दिल्लीले अब प्ले अफको लागि आफुले जितेर मात्रै पुग्नेछैन, अरुको नतिजामा पनि भर पर्नुपर्नेछ । मुम्बई १८ अंकसहित तालिकाको शिर्ष स्थानमा र १४ अंक भएको दिल्ली तेस्रो स्थानमा छ ।

“दिल्लीले प्ले अफमा पुग्न बेङ्लोरबिरुद्धको अन्तिम खेल जित्नै पर्छ । पछिल्लो समयको खेलको प्रदर्शन हेर्ने हो भने बेङ्लोरलाई दिल्लीले हराउँन असम्भब जस्तै छ । यदि अन्तिम खेलमा सन्दिपलाई खेलाउने हो भने दिल्लीले बेङ्लोरलाई हराउन पनि सक्छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?