मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

के नेकपा प्वाट्टै फुट्नै लागेकेा हाे त? अब नेकपामा भुकम्प जाने नै हो त? के हो खास? पूरा पढ्नुहोस!

काठमाडाै । सत्तारु’ढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरी विभा’जनकाे संघा’रमा पुगेकेा भनेर च’र्चा भइरहेकेा छ । पार्टीका अ’ध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा भएकाे भेटप’छि पार्टी एकता संकटमा परेकेा चर्चा भयाे ।

११ दिनको अन्त’रालमा भएकाे दुइ अध्यक्षबीचकाे भेटवार्तामा प्रचण्डसँग प्र’धानमन्त्री ओलीले ‘अब आ–आफ्नो बाटो लागौं’ भनेकाे नेकपा सचिवा’लयका एक नेता’ले मिर्मिरे अनला’इनलाई बताए ।

यसअघि पनि पार्टी फु’टाउने याे’जना स्वरूप नेकपा एमाले नामकाे पार्टी निर्वाचन आयाेगमा द’ता गर्न लगा’एकाे आ’राेप लागेका प्रधा’नमन्त्री ओ’लीले शनिवा’रकाे भेटमा पनि पार्टी फुटाउने प्रस्ताव राखेको ती नेताले बताए । उनका अनुसार प्रचण्डलाई बालुवाटार भेटमा प्रधानमन्त्रीले अब  आ–आफ्नो बाटो लागौं भन्नुभयाे ।

जवाफमा प्रचण्डले अहिले पार्टी फुटाउन गलत हुने बताएकाे स्राेतले जनायाे । ‘कहाँ यसरी सल्लाहले पार्टी फुटाउन मिल्छ ?’ भन्दै ओलीलाइ जवाफ दिएकाे स्राेतले जनाएकाे छ ।

साथै ओलीले प्रचण्डलाई पार्टीको निर्णय नमान्ने बताएकाे पनि जनाइएकाे छ । उहाँले तपाईहरु जे गर्ने हो, गर्नुस् । बैठक पनि बोलाउँदिनँ, बैठक राख्नुभयो भने सहभागी बन्दिनँ र त्यो बैठकले गरेको निर्णय पनि मान्दिनँ ।’भनेर भनेकेा स्राेत बताउछ ।

यसअघि प्रधानमन्त्री शनिबार पनि प्रचण्डसँग पार्टी फुटाउने प्रस्ताव राख्नुभएको र त्यसअघिको फोन सम्वादमा पनि यही भन्नुभएको एक नेताले बताए ।

पार्टी एकताकाे साढे २ बर्ष भयाे । याे बीच’मा वि’वाद र सहमती हुँदै आएको नेकपाको विवाद पुनः एकपटक गम्भीर मोडमा पुगेको छ । यसअघिका विवादहरुभन्दा यो पटक अलि फरक दृश्य देखिएको छ ।

नेकपाका एक नेताले भने, पार्टी वि’भाजन हुने यस्तै कारणाले हाे । प्रधानमन्त्रीले पार्टी फुटाउन नै चा’हेकाे देखिन्छ ।भाेली पुन दुइ अध्यक्षबीच संवाद हुने बता’इएकाे  छ । ओली र प्रचण्डबीच सहमती नभए दाेस्राे तहका नेता’हरूसहितकाे सहभागीतामा छलफल गर्ने तयारी रहेकेा एक नेताले बताए ।मिर्मिरे अन्लाईनबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?