मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

संक्रमितको उपचार सरकारले नगरे कर नतिरौं भन्दै नेविसंघको आयो यस्तो क’डा चे’तावनी ,हेर्नुहोस।

काठमाण्डौं।नेपाली कांग्रेसको भा’तृ संग’ठन नेपाल विद्यार्थी संघले महामारीका बेला पनि जनताको स्वास्थ्योपचार गर्न नसक्ने सरकारलाई कर नतिर्न आह्वान गरेको छ।

संघका नेता तथा कार्यकर्तालाई बिना कारण प’क्राउ गरेर झुठा मद्दा लगाइएको भन्दै आइतबार राजधानीमा प्रदर्शन गर्दै कोरोना भाइरस रोकथाम र उपचारमा सरकारको ध्यान नपुगेको आरोप लगाएको हो।

भाइरस संक्र’मणले मुलुक आक्रान्त बने पनि प्रधानमन्त्री भ्रष्टाचारी र अपराधिको घेरामा रहेको आरोप लगाउँदै संघका महामन्त्री दिपक भट्टराईले भने,

‘महामारीमा पनि जनताको उपचार गर्न सरकारले सक्दैन भने उपचार गर्न नसक्ने सरकारलाई नागरिकले कर तिर्नुको कुनै अर्थ छैन।’

प्रर्दशनका क्रममा नेविसंघका नेता–कार्यकर्ताहरूले ‘जनस्वास्थ्यमा खेलवाड गर्न पाइँदैन, भ्र’ष्ट सरकार चाँ’हिदैन जस्ता नारा लगाएका थिए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?