मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरकारले भन्छ –कोभिड बिरामीसँग धरौटी शुल्क नलिनू,अस्पताल भन्छ-५० हजार त हो नी! अब जनता के गर्ने?

काठमाडौं– सरकारले कोभिड १९ का बि’रामीसँग धरौटी शुल्क नलिन सबै सरकारी अस्पताललाई निर्देशन दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा आइतबार मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ध’रौटी शुल्कको सूचना निकाल्ने सबै अस्पताललाई स्पष्टिकरण सोधेको जानकाी दिनुभयो ।

‘सक्नेसँग लिने र नसक्नेलाई निःशुल्क उपचार गर्ने सरकारको निर्णय यथावत् रहेको जानकारी गराउन चाहन्छु,’ उहाँले भन्नुभयो ।मन्त्रालयले होम आइसोलेसनमा

रहेका कोभिड बि’रामीलाई सरसल्लाह दिने, अनुगमन र रिफर गर्ने जि’म्मेवारी स्थानीय तहको भएको स्मरण गराउँदै त’दारुकताका साथ काम गर्न ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयले काठमाडौंसहित ठूला सहमा कोरोना संक्रमण उच्च रहेको भन्दै जनस्वास्थ्यका मा’पदण्ड पालना गर्न अनुरोध गरेको छ ।यसैबीच मन्त्रालयले कोभिडबाट मृ’त्यु हुनेहरुको संख्या फरक–फरक सार्वजनिक भएको भन्दै सत्य तथ्य पत्ता लगाउन तीन सदस्यीय समिति बनाएको छ ।

समितिमा मन्त्रालयका सहसचिव, इपिडिमियोलोजी तथा रो’ग नियन्त्रण महाशाखा र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सी’सीएमसी)का प्र’तिनिधि छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?