मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

जत्तिसुकै हल्ला मच्याउनुहोस पार्टी कुनै हालतमा फुटाउँदैनौं, पार्टी एक ढिक्का रहने छ भन्दै प्रधानमन्त्री ओली भन्नुहुन्छ,हेर्नुहोस।

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने पार्टी कुनैपनि हालतमा नफुट्ने दावी गर्नुभएको छ । आइतबार ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय सभाहलको निरिक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले पार्टी फुट्ने संकेत नभए को बताउनु भएको हो ।

उहाँले पार्टीको विषयमा छलफल भएपनि उक्त छलफल कर्णाली प्रदेश सरकारको विषयमा केन्द्रित भएको जिकिर गर्नुभयो। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको विषयमा भइरहेका छलफलको विषयमा आफुले सोधेको भन्दै प्रधानमन्त्री ओलीले पार्टी लाई ठीक ढंगले अगाडि बढाउनुपर्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको बताउनु भयो ।

उहाँले बाहिर आए जस्तो केही कुरा नभएको दावी गर्दै पार्टी एकढिक्का रहनेमा विश्वास गर्न पनि कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ। विसं २०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको सो केन्द्र यही कात्तिक २७

गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरो’ना जोखिमका कारण ढिलाइ भएको छ । करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो केन्द्र केसी–समानान्तर जेभीले रु ५८ करोड २४ लाखमा ठेक्का पाएको हो ।

विभागका महानिर्देशक मणिराम गेलालले हालसम्म ६५ प्रतिशत प्रगति भइसकेको जानकारी गराएका थिए । निर्माण कम्पनीका तर्फबाट साइट इञ्जिनीयर पवन मैनालीका अनुसार हाल धमाधम वाल पुटिङ र वरिपरी पर्खाल लगाउने काम भइरहेको छ, अब भवनमा छानो हाल्न र भित्र आवश्यक सामग्री जडान गर्न मात्र बाँकी छ ।

अवलोकनमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्म पत्नी राधिका शाक्य, सङ्घीय सांसद नवराज सिलवाल, प्रधान मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, शहरी विकास मन्त्रालयका सचिव डा रमेशकुमार सिंह, नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारलगायतको टोली पुगेको थियो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?