मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“म सभापति लड्छु, एकचोटी मौका दिनुपर्छ,अरुले विश्राम लिनै पर्छ”भन्दै यसरी आगो बनिन् नेत्री सुजता (भिडिओसहित),हेर्नुहोस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ, सांसद तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेकी छिन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्,‘तपाईको यो प्राइम टिभीमार्फत म घोषणा गर्दैछु, यो मेरो पहिलो घोषणा हो कि म आउने महाधिवेशनमा सभापतिमा लड्छु ।

यो घोषणा गरेकोमा धेरै कारणहरु छन् । मलाई धेरै प्रेसरहरु आएको थियो । साथीभाईहरुले मलाई तपाई लड्नुपर्छ, लड्नुपर्छ सभापतिमा भनेर चार महिनादेखि भन्नुभएको थियो ।

उहाँहरुले त्यसो भनेर आग्रह गर्दापनि मैले होईन, म अझै हेर्छु भनेको थिएँ । म लड्दिन भन्ने नै मेरो सोच थियो । तर, मेरो सोचमा अब परिवर्तन आएको छ । मलाई लाग्छ अब म पनि लड्नुपर्छ ।

किनभने अहिलेसम्म कुनै महिलाले उम्मेद्धवारी दिन सकेको छैन् । र, नेपाली कांग्रेसले ईतिहास पनि बनाउँछ । म राम्रो सभापति पनि बन्नसक्छु । एकचोटी मौका पनि दिनुपर्छ ।’ प्रस्तुत छ कुराकानीको पूरा भिडियो :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?