मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेता भिम रावल भन्नुहुन्छ ,”कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी हुने “,सहमत भए शेयर गर्नुहोस् ।

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री भीम रावलले स्थायी कमिटी बैठक बोलाउन अपिल गर्नुभएको छ ।

नेता रावलले आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत स्थायी कमिटीको बैठक तुरून्त बोलाउन अपिल गर्नुभएको छ । उहाँले कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुने बताउनुभएको छ ।

नेता रावलले ट्वीटरमा भनेका छन्, ‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हो । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् ।

यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ’।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?