मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“२२ बर्ष सरकारी कार्यालयको  जागिर गरे तर अन्तिम मा रिक्सा चलाउने दिन आए बिर्ख बिक को कथा ।

अछाम/मंगलसेन नगरपालीका वडा नम्बर ६ का बिर्ख विक र भावना विक छुट्टा छुट्टै ब्याबसायमा हुनुहुन्छ । बिर्ख र भावना दम्पती यतिबेला आ आफ्नै ब्याबसायमा लागि रहनु भएको छ ।

“श्रीमान बिर्खले आफ्नै रिक्सा चलाईरहेका छन भने मंगलसेन नगरपालीकाको कार्यपालीका सदस्य समेत रहनु भएकी भावना विक ठुलासैनमा सिलाई कटाई ब्याबसाय गरिरहनु भएको छ । बिर्ख र भावना दम्पती एक अर्काले गर्ने काममा निकै खुशी छन ।

“झण्डै २२ बर्ष सरकारी कार्यालयको अस्थायी नै जागिर भएपनी सरकारको तलब बिर्खले खाने गरेका थिए । देशमा ३ तहको सरकार आएपछी जिल्लागत संरचना स्थानीय स्तरमा पुगेपछी जागिर छोडेका बिर्खको विकल्प रिक्सा भएको थियो ।

“जब नेपालमा कोरोनाभाईरसको संक्रमण तथा जोखिमको मुखैमा देशमा बन्दाबन्दी घोषणा भयो त्यही चैत मैनामा बिर्खले रिक्सा किनेका थिए । रिक्सा किनेर आफै चालक बनेका बिर्ख यतिबेला आफ्नै रिक्साले दिएको आम्दानी पर्ति निकै मख्ख छन ।

“कोरोनाभाईरसको संक्रमणको समयमा रिक्सा किनेर ठप्प भएपछी रिक्सा किनेको रिनाले आफुलाई सताउछकी भन्ने चिन्ता समेत बिर्खलाई भएको थियो । तर त्यो समयमा समेत उहाँको रिक्सा ठप्प रहेको थिएन ।

“तत्काल अस्पताल पुरयाउनु पर्ने बिरामी, जेष्ठ नागरिक लगाएतलाई सेवा आफुले दिएको बिर्खको भनाई छ । नियमीत ठुलासैन मंगलसेन रिक्सा चलाउने बिर्खले आवश्यकता अनुसार बयलपाटा, जयगढ, साफेबगर, ठाटीखाँद, गैरिटाड, कमलबजार, विनायक सम्म समेत सेवा दिने गर्दछन ।

“आफ्नो जागिर नै नभएको बेला आफ्नो श्रीमती भावनाको निकै साथ रहेको स्मरण गर्दै विकले जसको घरबाट सहयोग मिल्छ त्यही परिवार सफल हुने बताउदै जागिरे जिन्दगीमा घर परिवार चलाउनमा श्रीमतीको महत्वपुर्ण योगदान रहेको बताउनु भयो ।

“कुराकानीकै क्रममा उहाँकी श्रीमती भावनाले पनी आफ्नो सफलताको श्रेय श्रीमान भएको बताउनु भयो । राजनितिक यात्रा देखि जनप्रतीनीधी भएर जनताको घरदैलोमा पुगिरहदा श्रीमानको साथ मिलेको बताउनु भयो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?