मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“वडा सदस्य सहित ३ दिनमा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु दु:खद खबर

नेपालगन्ज, १७ कात्तिक । बाँकेमा वडा सदस्य सहित ३ दिनमा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य शान्ति देवी परियारको सोमवार विहान कोरोना संक्रमणबाट मृत्यु भएसँगै ३ दिनमा ७ जनाको मृत्यु भएको हो ।

“कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएकी नेपालगन्ज उपमहानगरपालिका २ की ६७ वर्षिय वडा सदस्य महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ

“कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोरोना विशेष वार्डमा भर्ना गरीएकी वडा सदस्य परियारको बिहान १०ः३० बजे मुत्यु भएको हो ।

“उपचारको क्रममा उनको रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार गरिएको र उपचारकै क्रममा सोमबार बिहान १०ः३० बजे उनको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

“हालसम्म बाँकेमा उपचारका क्रममा पछिल्लो ३ दिनमा मात्रै ७ जना संक्रमितको ज्यान गएको छ । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आएर मृत्यु हुनेको संख्या २१ पुगेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?