मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“सन्दीप एक खेल,नखेली फर्किने, सम्भावना ।

1 min read

काठमाडौं, १६ कात्तिक : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) खेल्दै छन् । यी दुई टिमबीचको खेल नपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि अबुधाबीमा सुरु हुनेछ ।

“दुबै टिमका लागि यो खेल निकै महत्वपूर्ण छ । जुन टिमले यो म्याच जित्छ ऊ टोली ‘प्लेअफ’मा स्थान पक्का गर्नेछ । पछिल्ला खेलमा दुबै टिम लयमा देखिएका छैनन् । आरसीबीले पछिल्ला तीन म्याचमा लगातार हार ब्यहोरेको छ । त्यस्तै, सुरुवातमा राम्रो प्रदर्शन गरेको दिल्लीले पछिल्ला चार खेलमा लगातार हारको सामना गरेको छ ।

“अहिलेसम्म दिल्ली आईपीएलको फाइनलसम्म पनि पुग्न सकेको छैन । आरसीबीले धेरै पटक फाइनलमा स्थान बनाए पनि उपाधि भने अहिलेसम्म हात पार्न सकेको छैन । दुबै टिमको म्याच सुरु हुनु एक दिन अगाडि प्लेइङ ११ को चर्चा सुरु भएको छ । लोकप्रिय क्रिकेट अनलाइन इएसपीएनक्रिकइन्फोले पनि दुबै टिमको प्लेइङ-११ को चर्चा गरेको छ ।

“क्रिकइन्फोले अनुमान गरेको दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस अय्यरर (कप्तान), ऋषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, अक्क्षर पटेल, रविचन्द्रन आश्विन, एनरिक नोर्टजे, कागिसो रबाडा र प्रवीण दुबे ।

“क्रिकइन्फोले अनुमान गरेको आरसीबीको प्लेइङ ११ : देवदत्त पाडिक्कल, जोश फिलिप्पी, विराट कोहली (कप्तान), एबी डिभिलियर्स, शिवम दुबे, क्रिस मोरिस, गुरकितमान सिंह, वासिङ्टन सुन्दर, नवदीप सैनी, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

“आईपीएल क्रिकेटमा कोलकाता र चेन्नईको सहज जित

“इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा हिजो कोलकाता नाइट राईडर्स र चेन्नई सुपर किङ्स विजयी भएका छन् । युएईको दुबईमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो ।

“उसका लागि इओन मोर्गानले अविजित ६८ रनको पारी खेले । जवाफमा १ सय ९२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्रै बनाउन सफल भयो । राजस्थानलाई सस्तैमा समेट्न कोलकातामा प्याट कुमिन्सले ४ विकेट लिए । जितसँगै कोलकाताले प्ले अफ्मा पुग्ने सम्भावना जिवित राखेको छ ।

“हिजै भएको अर्को खेलमा चेन्नाई सुपर किङ्सले किङ्स इलेभेन पन्जाबलाई ९ विकेटले हराएको छ । पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर ५ बलमा १ विकेटको क्षतिमा विजय लक्ष्य पार गर्‍यो । चेन्नईसँगको हारसँगै पन्जाब प्ले-अफको होडबाट बाहिरिएको छ । एजेन्सी”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?