मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

राष्ट्रिय झण्डासहित राजसंस्था पुनःस्थापनाको माग गर्दै प्र’दर्शन,६०१ एक बढी राजा भन्दा एक राजा उत्तम हुने कडा भनाई।

1 min read

बुटवल । राजसंस्था पुनःस्थापनको माग गर्दै सोमबार रुपन्देहीमा र्‍या’ली प्र’दर्शन गरिएको छ । वीर गोर्खाली अ’भियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै रूपन्देहीमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन भएको हो ।

राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर तिलोत्तमाको मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म र्‍या’ली निकालिएको हो ।

र्‍या’लीमा करिब २ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दा’बी छ । गणतन्त्र स्थापनापछि रुपन्देहीमा राजसंस्थाको पक्षमा भएको यो प्र’दर्शन अहिलेसम्मकै ठूलो भएको बुटवल रामार्ग चौराहाका बासिन्दा कृष्ण श्रेष्ठले बताए ।

र्‍या’लीपछि ट्राफिकचोकमा भएको कोणसभामा बोल्दै कार्यक्रम संयोजक बसन्तविक्रम पाण्डे, रुपन्देही संयोजक प्रवीन थापा, डिल्लीराज खनाललगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनः

स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अ’भियान सञ्चालन गरिने बताए ।उनीहरुले दलको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्र’ष्टाचारले सीमा ना’घेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने द’लिल पेस गरेका थिए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?