मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

तिहार आयो, सजिन थाले मखमली फूलका माला,,हेर्नुहोस।

काठमाडौं । तिहार नजिकिदै गर्दा भक्तपुरको थली गुण्डुका किसानलाइ अहिले भ्याइ नभ्याइ छ। बारीमा फूलेका मखमली फूल टप्ने र माल बनाएर राख्ने।

मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दीर्घायु र स्वस्थ जीव नको प्रतीकको रुपमा लिइन्छ्र त्यसैले तिहारमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइ दिन्छन् ।

संकृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर भएको ले सन् १८५५ मा जङ्गबहादुरले बेलायत पठाएको उपहारमा पनि परेको विकिपिडियामा उल्लेख छ ।

त्यस समयमा यो नेपालमा प्रसिद्ध रहेको र भारतमा पाँइदैनथ्यो। सेतो, गाढा कलेजी तथा हल्का रातो रंगमा फुल्ने मखमली तिहारको भाइटीकामा विशेष प्रयोगमा आउँछ।

राससका अनुसार तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो। गतवर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो। विश्वभरि फैलिएको को’रोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्नेछ ।

स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए । अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ ।

एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपर्ने देखिन्छ । गतवर्ष रु ५० देखि ६० बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताए । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको गोरखापत्र दैनिकमा खवर छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?