मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

धू’म्रपान स्वास्थ्यको लागि हा’निकारक छ:चुरो’टले लि’यो ज्या’न,हेर्नुहोस।

सल्यानमा आगोमा परि सोमबार एक महिलाको मृत्यु भएको छ। शारदा नगरपालिका–२, गैरागाउँकी ५३ वर्षीया पार्वती खड्काको मृ’त्यु भएको हो।

घरको कोठामा सुतिरहेको अवस्थामा एक्कासी आछ्यानमा आगो लागि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए।

मृतक पार्वती एक्लै सुतिरहेका बेला ओछ्यानमा आगो लागेको थियो। ‘मृ’तकको कोठा भरि चुरोटमात्र थियो,’ प्रहरी निरीक्षक ओलीले भने, ‘चुरोट खाएर ननिभेको ठुटा कोठामा जथाभावी फाल्दा आगलागी भएको अनुमान छ।’

ननिभेको चुरोटको ठुटा डस्नामासम्म पुग्दा आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। कोठामा आगो लाग्दा उक्त महिलाको निस्सासियर मृत्यु भएको र पछि जलेको हुन सक्ने स्थानीयले बताए। उनका दुवै खुट्टा जलेर खरानी भएको छ।नागरिकबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?