मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नक्क्ली डिएसपी यसरी परे प’क्राउ,हेर्नुहोस।

महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) बनी धम्क्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ।

प’क्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिकाका बब्लु झा रहेको र घट’नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनले फोनमार्फत आफू महानगरीय प्रहरी वृत्त कालीमाटीको डिएसपी भएको जनाउँदै बब्लुसँग भएको झगडाका सम्बन्धमा छलफल गर्न भनी काठमाडौँको बानेश्वर बस्ने चन्दु झालाई कालीमाटी वृत्तमा बोलाएका थिए।

कालिमाटी आउँदा प्रहरीले नबोलाएको थाहा पाएपछि कारवाहीका लागि चन्दुले निवेदन दिएका थिए। सोही आधारमा खोजी गर्दा उनलाई नियन्त्रणमा लिइएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ। रासस

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?