मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

श्रमजीवी पत्रकारका स’मस्या दिगोरुपमा समाधान गर्न सञ्चारमन्त्री गुरुङको यस्तो जोड,हेर्नुहोस।

1 min read

काठमाडौँ:सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवी पत्रकारले सधैँ तलब-सुविधा नपाएको गुनासो र आन्दोलन गर्नुपर्ने अवस्थालाई स्थायीरूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

आज सञ्चारग्रामस्थित प्रेस काउन्सिल नेपाल, न्यूनतम् पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागका कार्यालयको भ्रमण गर्दै उनले पत्रकारको पारिश्रमिकसम्बन्धी समस्याको दिगो खोज्न आग्रह गरेका हुन् ।

“पत्रकारलाई सरकारले तोकेको न्यूनतम् तलब-सुविधा मिडियाले नदिएको भन्ने सुनेको छ ।”, उनले भने, “नियामक संस्थाले पत्रकारले तलब पाए÷नपाएको हेरेर मात्रै संस्था नवीकरण गर्नुपर्छ।”

पत्रकार र सिङ्गो आमसञ्चार क्षेत्र मर्यादित र व्यावसायिक बन्नुपर्ने बताउँदै उनले मिडियामा पछिल्लो समयमा सबै विषयलाई नकारात्मकरुपमा प्रस्तुत गर्ने प्रवृति बढेको जनाए । उनले ती निकायका काम प्रभावकारी र छिटोछरितोरुपमा सम्पादन गर्न निर्देशन दिए ।

मन्त्रालयका सचिव ह’रिप्रसाद बस्या’लले पत्र’कार बन्न प्रवेश परीक्षा हुनुपर्ने बताउँदै पत्रपत्रिका व’र्गीकरणमा आउने गुनासोलाई प्रेस काउन्सिल नेपा’लले उचित स’म्बोधन गर्नुप’र्नेमा जो’ड दिए ।

न्यूनतम् पा’रिश्रमिक नि’र्धारण समि’तिका अध्यक्ष राजेन्द्र अर्यालले धेरै सञ्चार गृहले कोरोनाको बहानामा पत्रकार निकाल्ने वा तलब नदिने गरेको पाइएको बताउँदै अझैसम्म अधिकांश मिडियाले सामाजिक सुरक्षा कोष लागु नगरेको जानकारी गराए।

अर्यालले भने, “क’तिपय संस्थाले २०-२५ वर्ष काम गरे’कालाई हटाएर नयाँ नियुक्ति गरेको पनि पाइन्छ । यसको समग्र अवस्थाबारे हामी अध्ययन गरिरहेका छौँ।”

प्रेस काउन्सिल नेपाल’का का’र्यबाहक अ’ध्यक्ष गो’पाल बुढाथोकीले कोभिड सङ्क्रमण फैलिरहँदा पनि काउन्सिलले आफ्नो कामलाई निरन्तरता दिएको बताए । का’उन्सिलले अहिले पनि अनुगमन, मूल्याङ्कन र स्वमूल्या’ङकनलाई निरन्तरता दिएको उनको भनाइ छ ।

विभागका महानिर्देशक किरणराज शर्माले सेवाग्राहीले विभागमा पाइने सेवा र आवश्यक कागजातबारेमा वेभसाइटमा सूचना राखिएको बताए । उनले युट्युबलगायतका नयाँ मिडियालाई नियमन गर्ने कानून नभएपनि धेरै पीडित भएका उजुरी विभागमा आइरहेको बताए ।-रासस

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?