मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दिनको २ घण्टा नागरिकलाई सिंहदरबारमा प्रवेश दिनुपर्छः सांसद चौधरी

काठमाडौं – दल नेपाल क*म्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले सर्वसाधारण नागरिकलाई सिंहदरवार प्रवेश सहज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बुध*वार बसेको प्रतिनिधि सभा बैठ*कको शून्य समयमा बोल्दै सांसद चौधरीले देश संघीयतामा गए पनि सिंहदरबार छिर्न नाग*रिकले सास्ती खेपेको भन्दै सहज बनाउन आग्रह गरे*की छन्

‘देश संघीय*तामा गएपछि पनि विभिन्न काम लिएर सिंहदरबार आउने क्रम जारी छ । सिंहदरबार आउने नागरिकलाई भि*त्रबाट पास दिनुपर्ने व्यवस्था छ । सु*रक्षाको हिसाबले पनि यो व्यवस्था छ । अब निश्चित समयभित्र दिनको २ घण्टा नागरिकलाई सिंहदरबारमा प्रवेश दिनु न्यायोचित हुन्छ’, चौधरीले भनिन्, ‘समयको वचत हुन्छ । नेपाली नागरिकता या राष्ट्रिय परिचय पत्रको आ*धारमा प्रवेश दिँदा सिंहद*रबार मेरो पनि हो भन्ने अनुभूति गराउन सकिन्छ ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed