मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

स्थानीय सरकार होस् त यस्तो ! बेलबारीले बिना धितो २ प्रतिशत ब्याजमा ऋण दिने,सबैले यस्तो सत्कर्म कहिँले सिक्ने?,हेर्नुहोस।

मोरङ । कोरो ना महा मारीका कारण देश तथा विदेशमा रहेका धेरै युवाहरु बेरोजगार बनेका छन । बैदेशिक रोजगारीमा गएका युवाहरु समेत रोजगारी गुमाएर आफनो घर फर्कीएका छन् ।

घरमा आएर के गर्ने भन्ने चिन्ता धेरैमा छ भने धेरै युवा बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका बेला मोरङको बेलबारी नगरपालिकाले युवाहरुलाई आफ्नै नगरमा स्वरोजगार बनाउने लक्ष्य लिएर युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने भएको छ ।

बैदेशिक रोजगारमा जाने उमेर समुहका युवा तथा फर्केर आएका युवाहरुलाई लक्षित गरेर बेलबारी नगरपालिकाले युवा स्वारोजगार कार्यक्रम संचालन गर्ने भएको हो ।

नगरपालिकाले युवा स्वरोजगार तथा लक्षीत बर्ग कार्यक्रम संचालन कार्यविधि नै बनाएर कार्तीक १६ गते आइतवार बसेको नगर कार्यापालिकाको बैठकले पास समेत गरेको छ ।

युवाहरुलाई नगरपालिका नै जमानि बसेर ५ लाख रुपैयाँ २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने मेयर सुबेदीले बताए । बैंक तथा बित्तिय संस्थालाई तिर्नुपर्ने थप

ब्याज नगरपालिकाले तिरिदिने समेत मेयर सुवेदीले बताए । यस कार्यक्रममा सहभागि हुने युवा तथा युवा समुहले बिना धितो ऋण पाउने नगरपालिकाले जनाएको छ । ब्लाष्टबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed