मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“पार्टी भन्दा गुट उपगुट ठुलो भन्ने प्रवृत्ति त्याग्नुपर्छ,नत्र हाम्रो अस्तित्व रहनेवाला छैन”-पुर्वमन्त्री गोकर्ण विष्ट,हेर्नुहोस।शेयर गरौं।

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवा द उत्कर्षमा पुगेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको आन्तरिक द्व न्द्व चर्किएसँगै नेकपा फु टको संघारमा पुगेको अड्कलबाजी भैरहेको छ ।

ओली र दाहाल छुट्टाछुट्टै भेलामा सक्रिय छन् । हिजोमात्रै दाहालले आफूनिकट नेताहरुसँग खुमलटारमा छलफल गरेका थिए । उक्त छलफलमा दाहालले ओलीसँगको

भेटवार्ताबारे ब्रिफिङ गरेका थिए । र, आफूसँगको भेटमा ओलीले ‘अब सँगै जान सकिँदैन्, आ–आफ्नो बाटो लागौं’ भनेको नेताहरुलाई दाहालले सुनाएका थिए ।

तर, दोस्रो तहका नेताहरुले भने पार्टी एकता कुनैपनि हालतमा जोगाउनुपर्ने धारणा राखेका छन् । उनीहरुले लाखौं कार्यकर्ताको भावना र जनताको भावनामाथि खेलबाड गर्न नहुने भन्दै नेताहरुलाई सच्चिएर अघि बढ्न आग्रह गरेका छन् ।

स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री गोकर्ण विष्टले देश र जनता भन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दो लनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिने धारणा राखेका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed