मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

उपप्रधानमन्त्री पोखरेल भन्छन् ,”पूर्व माओवादीले सहमति उल्लघंन गर्यो”,हेर्नुहोस।

काठमाण्डौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वमाओवादी समूहले पार्टी एक’ताका बेला गरिएको सहमति उल्लंघन गरेको आरो प लगाएका छन् । सोमबार ट्वीट गर्दै मन्त्री पाखरेलले सहमति विपरित समिकरण बनाएर खेल खेल्न खोजाद एकता संक टमा परेको बताएका हुन् ।

‘एकताका वेला गरिएको सहमती विपरित पूर्वसमूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दु र्भाग्य निम्तिन लागेको हो’, उनले भनेका छन् ।

उनले पार्टी विभाजन गर्न खोज्नेहरुलाई बेलैमा खबरदारी गर्न पनि आग्रह गरेका छन् । मन्त्ती पो’खरेलले व्यक्तिगत स्वार्थका कारण एकता विथोल्न खोज्नेहरुको विरोध गर्दै एकतालाई जोगाउन आग्रह गरेका छन् ।

‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं । व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं’, मन्त्री पोखरेलले भनेका छन् ।

आइतबार स’त्तारुढ दल नेपाल क’म्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सचिवालय सदस्यहरुको छुट्टै भेला बसेको थियो ।

भेलामा अध्यक्ष प्रचण्डले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको बालुवाटार वार्ताको ब्रिफिङ गरेका थिए । उनले प्रधानमन्त्री ओलीले पार्टी अलग गरे जान सुझाव दिएको कुरा ब्रिफिङ गरेको छ।

भेलामा उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य रामबहादुर थापा बादल, र नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?