मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रचण्डले प्रधानमन्त्री मागेपछि नेकपामा वि वाद बढेको आयो यस्तो सनसनिपुर्ण खुलाशा,के अब बन्लान त प्रधानमन्त्री ?

1 min read

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री पद मागेको खुलासा भएको छ ।

शनिबार र आइतबार भएका पछिल्ला कुराकानीमा प्रचण्डले ओलीलाई आफूलाई प्रधानमन्त्री छाड्न माग गरेको खुलासा भएको हो ।oli

बालुवाटार स्रोतका अनुसार, जवाफमा ओलीले आ-आफ्नो बाटो लाग्न ठीक हुने बताएका थिए । प्रचण्डले एक पछि अर्को माग गर्न थालेकाले ओली रूष्ट बनेको स्रोतको दावी छ ।

पछिल्लोपटक मत्थर बनेको नेकपाको विवा द कर्णालीमा मुख्यमन्त्रीविरुद्द हस्ताक्षर संकलन, पर्सामा पूर्वमाओवादी कार्यकर्ताको ह त्या र रअको नेपाल भ्रमणपछि उत्कर्षमा छ । ओली र प्रचण्डबीचको नयाँ लफडाले नेकपामा झनै तरंग छाएको छ । दैनिक नेपालबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?