मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रचण्ड–नेपाल समिकरणले केन्द्र सरकारमा हलचल आउनसक्ने,अब के प्रचण्डले दिमाग लगाएर ओलीलाई खेद्लान?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको समिकरणको नतिजा कर्णाली प्रदेशबाट देखिन थालेको छ ।

कर्णाली प्रदेशमा प्रचण्ड पक्षीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षधरलाई पेलेर जाने नीति लिएका छन् । उनले मन्त्रिमण्डल पुर्नगठन गरी नेपाल पक्षका प्रदेश सांसदहरुलाई समावेश गर्ने तयारी गरेका छन् ।

ओली पक्षधका प्रदेशसभा सदस्य यामलाल कँडेलको नेतृत्वमा शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नयाँ माहोल तयार भएको हो । कर्णालीको गठबन्धनमा यसअघि ओली

र नेपाल पक्ष मिलेर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकोमा नेपाल पक्ष शाहीतर्फ लागेका थिए । त्यसपछि सचेतकसहित नेपाल समूहले तीन मन्त्री पाउने सहमति बनेको थियो । नेपाल पक्षका कुर्मराज शाही सचेतक नियुक्त भइसकेका छन् ।

सहमति अनुसार नेपाल पक्षका चन्द्रबहादुर शाही करबिर शाही र अमरबहादुर थापा मन्त्री बन्ने भएका छन् । नेपाल पक्षले उनीहरुको नाम मुख्यमन्त्री शाहीलाई दिएको हो । ओली पक्षका दुई मन्त्री दल रावल र नन्दसिंह बुढालाई हटाइँदैछ ।

बंकिङ कसुर मु द्दामा खड्गसिंह खत्री मन्त्रीबाट ब र्खास्त भइसकेका छन् । मन्त्रीबाट हट्ने भएपछि दल रावलले सामाजिक सञ्जालमा धन्यवाद ज्ञापन गरिसकेका छन् ।

यसैगरी, ओली पक्षले खुमलटारमा प्रचण्डसँग सम्पर्क गरी कर्णाली प्रदेशको सं कट रोक्न प्रयास गरिरहेका छन् । तत्काल मन्त्रीमण्डल पुर्नगठन रोक्ने प्रयास भइरहेको छ । यसबारे प्रचण्डसँग खुमलटार गत हप्ता पुगेका ओलीका दूतहरुले पनि छलफल गरेका थिए ।

तर, प्रचण्डले माधव नेपालसँगको एकताको सन्देश दिन पनि कर्णालीमा आवश्यक कदम चालेर दिन खोजेका छन् । कर्णालीमा समिकरण बदलेर वागमती, प्रदेश १ हुँदै केन्द्रसम्म पनि बदलाव ल्याउने तयारीमा प्रचण्ड पक्षधरले सक्रियता बढाएको छ । रिपोर्टर्स नेपालबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?