मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेक*पा सांसद गुरु*ङ्गको माग : स्वस्थानीका पाना च्या*त्नुपर्छ

1 min read

२८ माघ, काठमाडौं । सत्तारुढ नेपाल क*म्युनिस्ट पार्टीकी सांसद यसोदा सुवेदी गुरुङले महिनावारी हुँदा छोइछिटो गर्ने परम्परालाई मजवुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमीका कथाहरु च्यात्नुपर्ने बताएकी छन् ।

मंगलबार प्रतिनिधि*सभामा बोल्दै उनले धा*र्मिक अन्धवि*श्वास र परम्प*रालाई भत्काउने मजबुत खालको अ*भियानको खाँचो परेको बताइन् ।

‘…छाउ संस्कार भत्काउन सरकार, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज सबैको संयुक्त प्रसासमा सशक्त अभियानको खाँचो छ । जसले धार्मिक अन्धविश्वास भत्काउन सकोस्, छाउजस्तो परम्परा र संस्कारलाई मजबुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमी ब्रत कथाको पानाहरु च्यात्न सकोस्’ उनले भनिन् ।

छाउपढी बार्ने कुरीति र कुसंस्का*रबाट नेपाली महिलालाई मुक्त गर्न गृह मन्त्रालयले सुरु गरेको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य भएको सांसद सुवेदीले बताइन् ।

सदियौंदेखि नेपाली महिलालाई जकडेर राखेको कुरीति भत्काउन छाउगोड भत्काउनुमात्र पर्याप्त हुँदैन’ उनले भनिन् ‘बारीका ढिक भत्काएर छाउगोठ भत्काएर मात्र के गर्नु ? मान्छेको मन मष्तिस्कबाट बाट भत्काउन जरुरी छ ।’

हेर्नुहोस् भिडियो सहित :https://youtu.be/RMyfIlXhk3Y

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed