मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

राजधानी काठमाडौंबाट सार्ने विषयमा छलफल भइरहेको छः प्रचण्ड


नुवाकोट– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा०का अध्यक्ष पुष्पकमल दा*हाल प्रचण्डले प्रदेशको राजधानी सार्न सकिने बताएका छन् ।शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले बागमती प्रदेशको नाम र राजधानी तोक्न आफूहरुले सहजीकरण मात्रै गरेको बताए ।

प्रचण्डले ने*कपाको प्रदेश कमिटी र प्रदेश सरकारको अनुरोधमा पार्टी केन्द्रले नाम र राजधानीका विषयमा सहजीकरण मात्र गरेको स्पष्ट गरे ।‘पार्टी कमिटी र प्रदेश सरकारले हाम्रो प्रदेश नाम राख्न र राजधानी तोक्न त*पाईंहरुले सहयोग गरिदिनु पर्‍यो भन्यो भने पार्टी नेतृत्वसमक्ष तोक्नुपर्ने नैतिक जिम्मेवारी आउँदो रहेछ’, उनले भने, ‘हामी सकेसम्म हाम्ले तोक्न नपरोस् भन्ने चाहन्थ्यौँ।’उनले अन्य प्रदेशको नाम र राजधानी पनि प्रदेश सरकारले नै तोकेको भएपनि तीन नम्बरमा आफू*हरुले सहजीकरण गरेको नुवाकोट बासीसँग बताए ।

‘कर्णाली हाम्ले तोकेको होइन्, सुर्खेत राजधानी हाम्ले तोकेको

उनले केन्द्रीय राजधानी (काठमाडौं) सार्ने कुरा आएको विषयमा राजनीतिक नेतृत्वमा छलफल भएको र अहिले पनि छलफल जारी रहेको बताए ।‘केन्द्रीय राजधानीको कुरा डा हर्कबहादुर गुरुङको प्रतिवेदनमा उल्लेख गरिएको छ । केन्द्रीय राजधानी सार्ने कुरामा छलफल भएको छ । भइनै रहेको छ’ प्रचण्डले भने,‘केन्द्रको राजधानी त छलफलको विषय बन्न सक्छ भने भोलि प्रदेशको राजधानीको विषय सजिलै छलफलको विषय बन्न सक्छ । ’

भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन थालेको र एकचोटि टुंगिइसकेको ठाउँ यताउता गर्दा देशैभरि फेरि अराजकता फैलिने हो कि भनेर अहिले जहाँ तोकिएको छ त्यही राँखौं भन्ने भएको उनले बताए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?