मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“कोरोना, महामारीको मौका ,मा सरकारले एकपछि अर्को राष्ट्रघात गर्दैछ : नयाँ पिपुल्स पार्टी

काठमाडौं, १८ कात्तिक । नयाँ पिपुल्स पार्टीले मुलुक कोरोना महामारीले आक्रान्त बनिरहेको समयमा सरकार भने एकपछि अर्को गर्दै राष्ट्रघात र जनघात गर्नमा व्यस्त रहेको आरोप लगाएको छ ।

मंगलबार नयाँ पिपुल्स पार्टीका अध्यक्ष दीनेश खनालले फेसबुकमार्फत् विज्ञप्ती जारी गर्दै कोरोना महामारीको समयमा सरकारले एकपछि अर्को गर्दै राष्ट्रघात गरिरहेको आरोप लगाएका हुन् ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘देश कोरोना महामारीले गर्दा आक्रान्त छ तर, सरकार एकपछि अर्को गर्दै राष्ट्रघात, जनघात गर्नमा व्यस्त छ । जनताको जीवनस्तर दिन दुई गुणा, रात चार गुणा कष्टकर बन्दै गएको छ ।’

त्यस्तै, जारी विज्ञप्तीमा भारतीय खुफिया विभागका प्रमुख सामान्त गोयलले प्रधानमन्त्री केपी ओलीसँग गरेका भूमिगत शैलीको भेटवार्तालाई लिएर नेपाली जनताको आत्मसम्मानमा ठेस पुगेको उल्लेख गरिएको छ ।

थप भनिएको छ, ‘फेरि भारतीय सेना प्रमुखको भ्रमणले नेपाली जनताको हृदय छिया छिया पार्ने निश्चित नै छ ।’ भारतीय सेनाले नेपाली भुमि नछोडेसम्म सैनिक तहको कुनैपनि भ्रमणको औचित्य नहुने नेपाली जनता स्पष्ट रहेका पनि अध्यक्ष खनालले विज्ञप्तीमा मार्फत् प्रष्ट पारेका छन् ।

थप भनिएको छ, ‘बरु उल्टै नेपालीप्रतिको हस्तक्षेपको अर्को कडिको रुपमा बुझ्न कठिन छैन । नेपाल र भारत सरकारको बीचमा राजनीतिक तथा कुटनैतिक रुपमा समस्या समाधान गर्नुको साटो दबाबपूर्ण रुपमा भारतीय सेना प्रमुखको भ्रमण हुँदैछ ।’

यसका साथै, नयाँ पिपुल्स पार्टीले भारतीय सेना प्रमुखको नेपाल भ्रमणको विषयलाई तीब्र बिरोध गर्दै कात्तिक १९ गते (भोलि) नेपाल बन्दको आह्वान गरेको छ ।

कोरोना महामारीको बीचमा हुने बन्दको कार्यक्रमलाई घरमै बसी सशक्त समर्थ गरिदिनका लागि पनि नयाँ पिपुल्स पार्टीले सबैलाई अपील गरेको छ ।न्युज 24 बाट ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?