मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारत भन्छ,”हाम्रा सेना प्रमुखले गर्ने नेपाल भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध अझ बलियो बनाउनेछ”,ताली या गा’ली?

भारतले भोलि बुधबारदेखि आफ्ना सेना प्रमुखले गर्न लागेको नेपालको भ्रमणले दुई देशबीचको रक्षा सम्बन्धलाई अझ बलियो बनाउने बताएको छ।

भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणका लागि भोलि काठमाडौं आउँदै छन्।

सोही विषयमा पत्रकारको प्रश्नमा नेपालस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले आफ्ना सेना प्रमुखले गर्ने भ्रमणले रक्षा सहकार्यसम्बन्धी दुईपक्षीय सम्बन्धबारे छलफल गर्ने अवसर प्रदान गर्ने र यसलाई अझ सुदृढ गर्न बाटो खोल्ने बताएका हुन्।

‘जनरल एमएम नरावणेको भ्रमणले दुई सेनाबीच रहेको दीर्घकालीन तथा परम्परागत मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउनेछ,’ उनले भनेका छन्,

‘यो भ्रमणले द्विपक्षीय रक्षा साझेदारीबारे छलफल गर्न र आपसी हितका लागि यसलाई बृहत् बनाउन थप सम्भावनाको खोजी गर्न दुवै पक्षलाई अवसर प्रदान गर्नेछ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?