मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

तीतेपाती खेतीबाट मनग्गे हुन्छ आम्दानी,कसरी होला त ?,पूरा पढ्नुहोस।

सङ्खुवासभा खाँदबारी नगरपालिका –१ का मिनेष श्रेष्ठ होटल व्यवसाय छाडेर तीतेपाती खेतीतर्फ आकर्षित भएका छन्। ‘तीतेपाती रोपौ एक लाख

कमाऔँ’ भन्ने अभियानका साथ खाँदबारी बजारमा होटल व्यवसाय सञ्चालन गर्दै आएका उनले दुई वर्षअघिदेखि २० रोपनी बाँझो जग्गा भाडामा लिएर तीतेपाती खेती शुरु गर्न थालेको जानकारी दिए।

काडमाढौंस्थित यमासो प्रा.लिमा व्यावसायिक खेतीको तालिम लिएका मिनेषले ‘मिनेष तीतेपाती तथा जडीबुटी उद्योग’ नामक फर्मदर्ता गरी रू १८ हजारको बिरुवा लगाएका थिए।

अहिले थप २०रोपनी जग्गामा आर्टिमिसीया र भल्गरिस जातका तीतेपाती लगाइएको र भाडामा लिएको जग्गाका लागि वार्षिक २५ हजार तिर्दै आएको उनले जानकारी दिए।

बारीबाटै प्रतिगोटा रू एकका दरले तीतेपाती को बिरुवा बिक्री हुने र प्रतिकेजी रू ५० का दरले सुकेको तीतेपाती यमासो कम्पनीमै पठाउने गरेको बताएका निमेषले उक्त कम्पनीले वर्षको १० टन तीतेपाती माग गरिरहे पनि मागअनुसारको आपूर्ति गर्न नसकेको जानकारी दिए।

अहिले छिमेकी जिल्ला भोजपुर तथा धनकुटाबाट समेत बिरुवा किन्न आउन थालेका छन्। तीतेपातीबाट नसर्ने खालका विभिन्न रोगको उपचार तथा दैनिक उपभोगमासमेत यसको महत्व बढ्दै आएको छ।

उक्त व्यवसाय सञ्चालनका लागि कृषि ज्ञान केन्द्रबाट उनले रू ३० हजार र डिभिजन वन कार्यालयबाट रू तीन लाख आर्थिक सहयोग प्राप्त गरेको जानकारी दिए। रासस

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed