मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

साढे दुई महिनामा ७६ बालबालिका उ’द्धार गर्ने प्रहरी अधिकृत सीमाको सर्वत्र चर्चा, प्रमोशन पनि पाइन्…हेर्नुहोस् ।

एजेन्सी : सामाजिक सञ्जालमा एक महिला प्रहरीको चर्चा चुलिएको छ । भारत, दिल्लीको समैपुर बदली प्रह’री चौकीमा तैनाथ एक महिला हेड कस्टेबललाई आउट–टर्न प्रमोशन (पदोन्नति) दिइयो ।

हेड कस्टे’बल सीमा ढाकाले साढे दुई महिनामा ७६ बालबालिकाको उ’द्धार गर्न सफल भएकी छिन् । यी मध्ये ५६ जना १४ बर्ष भन्दा कम उमेरका रहेका छन् । दिल्ली पुलिस कमिश्नर एनएन श्रीवास्तवले सीमा ढाकालाई आउट–टर्न पदो\न्नति घो’षणा गरेका हुन् ।

उनलाई प्रोत्सा’हन योजना अन्तर्गत पदोन्नति गरिएको हो । यस योजना अन्तर्गत प’दोन्नति प्राप्त गर्ने सीमा दिल्ली प्रहरीको पहिलो अधिकारी भइन् । बालिकाहरु धेरै जसो नेपालबाट ल्याइएका हुन् । उनीहरुलाई प्रक्रिया पु¥र्याएर धेरैलाई नेपाल फर्काएको दिल्ली प्रहरीले जनाएको छ ।

सीमाका अनु’सार उनका ला’गि सबै’भन्दा चुनौ’तीपूर्ण घ’टनामध्ये यो वर्षको अक्टोबरमा पश्चिम बंगालबाट एक नाबालिकाको रिहाइ थियो । प्रहरी टोली डु’ङ्गामा यात्रा गर्यो र बाढीको समयमा बच्चालाई भेट्न दुईवटा नदीहरू पार गर्नुपरेको थियो ।

सीमा ढाकाले भनिन्, ‘दिल्ली, पश्चिम बंगाल, यूपी, बिहार, हरियाणा र पञ्जाबका केटाकेटीहरू बचाइएको छ । म महिनौंदेखि त्यस्ता विषयमा काम गर्दै थिए । म एक आमा हुँ र कसैले पनि आफ्नो बच्चा गु”माउन चाहँदैनन् ।’ उनले बच्चाहरूलाई बचाउन १४ देखि २४ घण्टा काम गरेको बताइएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed