मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कक्षा १२ का विद्यार्थीहरूले मोवाइल हेर्दै परीक्षामा चिट चोरेको भि’डियो भा’इरल (भिडियोसहित),,,हेर्नुहोस।

1 min read

काठमाडौं । कक्षा १२ को परी’क्षा संचा’लन भइरहेका बेला बिद्यार्थीहरुले मोबाइलमा हेर्दै उत्तर लेख्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

भिडियोमा देखि’एका सबै बिद्यार्थीहरुले मोवाइलबाट हेर्दै उत्तर सारिरहेको देख्न सकिन्छ । उक्त भाइरल भएको भिडियो कुन कलेजको परीक्षा केन्द्र हो भन्ने छुट्या’उन सकि’एको छैन । तर एक परीक्षार्थीले साथीहरूले माेवाइल हेर्दै उत्तर लेख्दै गरेकाे भिडियाे खिचेका छन् ।

झण्डै आधा मिनेट लामो भिडियो खिच्ने ती विद्यार्थीले इक्जाम भनेको यही हो है केटा हाे भन्दै २ पट’क भन्छन् । र, फेरि भन्छन्, ‘इक्जाम भनेको यही हो है गाइज’ अनी उनि थप्छन् – ‘हाम्रो मीत यता तान मेरो कपी, त्यसपछि फेरि उनि क्यामेरा सार्दै भन्छन् -‘सिर्जना मोबाइलमा, हाम्रो घिसिङ सर पनि मोबाइलमा, हाम्राे यतापनि मोबाइलमा हो, उतापनि मोबाइलमा है केटाहरु सब जना, सर छैन, यही हो है केटाहरु इग्जाम भनेको यही हो, मेरो सकिसक्यो ।’ त्यसपछि भि’डियो सकिन्छ ।

परीक्षा संचालन भइरहेको कक्षा कोठामा गार्ड पनि देखिदैनन् । केही बाहेक सबै विद्यार्थीहरुले मास्क लगाएका छन् । साथै उनीहरु एक अर्कामा मोवाइल हेर्दै सल्लाह पनि गरिरहेको देख्न सकिन्छ ।

कोरोना म’हामारी पछि स्थ’गित भ’एको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट संचा’लन भइ’रहेको छ । तर भाइरल भएको उक्त भिडियो हेर्दा परीक्षा मयादित ढंगका साथ संचालन हुन नसकेको अनुमान लगाउन सकिन्छ । परी’क्षर्थीहरु कुन बिद्या’लयका तथा परीक्षा केन्द्र कहाँ भन्नेबारे ठम्याउन सकिएको छैन ।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?