मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बेलायतमा रहेकी सुन्दरी मोडल तथा सामाजिक अभियन्ता सृजनाले स्पाइनल मस्कुलर एट्रोफीसँग लडिरहेकी सियोनालाई गरिन् ७५ हजार सहयोग,,,हेर्नुहोस।

काठमाडौँ । कला’कार तथा यु’ट्यूवर सृजना नि’ङ्लेकुले स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई आर्थिक सहयोग गरेकी छिन् ।

बेलायतमा बसेर कला’कारितासँगै भ्लगिङ र ढाका व्यवसाय गरिरहेकी सृजनाले आफ्नी छोरी राशी लिम्बुको ८ औं जन्मदिन तथा युट्यूव च्यानलले ७५ हजार सब्स्क्राइबर्स पूरा गरेको अवसर पारेर सियोनाको उपचारका लागि ७५ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

स्पाइनल मस्कुलर एट्रोफी ना’मक रोगसँग लडिरहेकी सियोनाको उपचारका लागि करिव २५ करोड रुपैयाँ ला’ग्ने उप’चारमा संलग्न चिकित्सकहरुले बताएका छन् । आफू पनि एक आमा भएकाले सियोनालाई आफ्नै छोरी ठानेर सहयोग गरेको सृजनाको बताइन् ।

डेढ वर्षकी सियोनाको हाल अमेरिकामा उप’चार भइरहेको छ ।३ वर्षदेखि युकेमा स्थायी बसो’बास गरिर’हेकी सृजना नेपालमा समेत सामाजिक कार्य एवं मोड्लिङमा स’क्रिय थिइन् ।

सृजना पछिल्लो समय बेलायतमै निर्मित केही म्युजिक भिडियो र सर्ट फिल्ममा अभिनय गर्न व्यस्त छिन् । सृजनाले सियोनाको उपचारका लागि जसले ज’ति स’किन्छ सहयोग गर्न अपिल समेत गरेकी छिन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?