मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

झिंगा पालन शुरु, यसरी गर्न सकिन्छ व्यावसाय (भिडियोसहित ),,,हेर्नुहोस।

भरतपुर ।व्यावसायिक रू’पमा , गाई , भैसिं , मौरी , कुखुरा पाल्ने गरिएको त हामीले देख्दै आएकै छौं। तर सबैले हेप्ने गरेको ‘झिँगा’ को समेत व्यावसायिक पालन हुन्छ भन्ने कमैलाई थाहा होला।

हो त्यही झिंगाको व्यावसायिक पालन चितव’नमा शुरु भएको छ। भरतपुर महानगर पालि’का वडा नम्बर १५ मा हालसालै झिंगाको व्यावसायिक रुपमा व्याव’साय शुरु गरि’एको हो ।पशुपंक्षी तथा बालीको उत्पादकत्व बढाउने उद्देश्यले चितवनमा व्यावसायिक रूपमै झिँगापालन सुरू गरिएको हो।

भरतपुर महानगरपालिका को वडा नम्बर १५ फूलबारीमा रहेको प्रांगारिक कृषि उत्पादन केन्द्रले यसको उत्पादन गर्दै आएको छ भने यस प्रजातिको नाम ब्ल्याक सोल्जर फ्लाई(बिएसएफ) रहेको छ।

यसलाई नेपालीमा ‘कालो सिपाही झिँगा’ भनिन्छ। यसको विभिन्न अवस्था अनुसार दाना, मल लगायतका कृषि काममा प्रयोग गर्न सकिन्छ ।सुन्दा पनि अचम्म लाग्ने झिंगा व्यावसाय के कसरी हुन्छ भन्ने बारेको यो बिस्तृत भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed