मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अझै स्टेचर र डोकोकै भरमा जोखिम मोलेर बिरामी बोक्न बाध्य छन् जाजरकोटका स्थानिय,,,,हेर्नुहोस साथै प्रतिक्रिया दिनुहोस् ।

जाजरकोट। जाजरकोटको ५० शय्याको एक मात्र जिल्ला अस्पताल एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स बिग्रिएपछि मर्मतका लागि कल्लु ग्या’रेज नेपालगन्जमा दुई वर्षदेखि थन्किएपछि सो अस्पताल एम्बुलेन्सविहीन भएको हो ।

जिल्ला अस्पताल जा’जरकोट, नेपाल रेडक्रस र कुमारी ट्रस्टको एम्बुलेन्स बिग्रिएका छन् । तीनवटै एम्बुलेन्स बिग्रिएपछि सरोकारवाला निकायले मर्मत नगर्दा जाजरकोट सदरमुकाममा एम्बुलेन्स अभाव भएको छ । बिरामीलाई जोखिमपूर्णरुपमा डोको, स्टेचरको सहायतामा आफन्तले अस्पतालसम्म ल्याउने गरेका छन्।

जिल्ला अस्पतालमा बिरामीको उप’चार सम्भव नभएपछि एम्बुलेन्स नहुँदा जाजरकोट अस्पतालबाट रिफर गरेका बिरामीले सार्वजनिक गाडीमा चर्को मूल्य तिरेर बिरामीलाई सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायतका सुविधा स’म्पन्न अस्पताल लिएर औषधी उपचार गर्ने गरेका छन् ।

दुईवटा टायर, मोबिल, इन्जिन प’रिवर्तन गर्न दुई वर्ष पहिले नेपालगन्जको कल्लु ग्यारेजमा लगेको एम्बुलेन्स अझै मर्मत भएको छैन । रकम अभावका कारण ए’म्बुलेन्स म’र्मत हुन नसकेको चालक राकेशकुमार शाहले बताए । नेपा’ल समा’चारपत्र दैनिकमा ख’वर छ।

स्वास्थ्य संस्थालाई नियमित सञ्चालन गरी कोरोना कहर कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि सरकारले स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम अनिवार्यरुपमा सञ्चालन गर्नुपर्ने बताउँदै आए पनि जाजरकोट अस्पतालले स्वास्थ्य सेवालाई सुधार गर्ने कार्यक्रम सञ्चालन गर्न सकेको छैन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?