मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चर्चित सञ्चारकर्मी रबी लामिछाने प्रस्तोता भएका चर्चित कार्यक्रम सिधाकुरा जनतासँगका प्रोड्युसर दिपक बोहोरालाई कोरोना पुष्टि!

1 min read

काठमाडौं । न्युज २४ टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रोड्युसर दिपक बोहोरा ,उनकी धर्मपत्नी साथै छोरीलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन्।

बोहोराले भनेका छन् ,” १०२ भन्दा माथी ज्वरो आएको कारणले पिसिआर टेस्ट गर्दा सबैको पोजेटिभ आएको हो ।” अहिले हामी आईसोलेसनमा छौं भनी जानकारी दिएका छन् ।

सबैलाई बोहोराले सुझाव दिदै भनेका छन,” कोरोनाआई हेलचाक्राईँ रुपमा नलिऔं ।सुरक्षित बसौं।

प्रोड्युसर बोहोराले सामाजिक संजाल फेस्बुकमा यसरी लेखेका छन,”-

“हामी तीनै जनामा कोरोना सङ्क्रमण देखिएको छ । १०२ ज्वरो र जिउ दुख्ने भएपछि पिसिआर टेस्ट गराएको कोरोना पोजिटिभ देखियो, हामी सुरक्षित तरिकाले होम आइसोलेसनमा बसेका छौँ । अहिले हामी तीनैलाई केहि लक्षण छैन । कोरोनालाई हेलचेक्राइँको रूपमा नलिऔँ । सबैजना सुरक्षित बसौ।”

बोहोरा लगायत उनला परिवारलाई नै सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आत्मबल बढाउनको निम्ति थप हौंसला मेचीमहाकाली परिवार प्रदान गर्दछ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed