मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“संसारलाई वीर गोर्खाली,भनेर चिनाउने गोरखा आउँन पाउँदा,खुसी छु :  सचिव श्रृंगला।

1 min read

 गोरखा, १२ मंसिर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले संसारले बहादुरीकोरुपमा सम्मान गरेको गोर्खाली भूमिमा आउन पाउदा खुसी लागेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका सचिव श्रृंगला शुक्रबार भारतको सहयोगमा निर्माण भएका बिद्यालयहरुको उद्य्घाटनमा लागि गोरखा पुग्नु भएको थियो ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विश्वमा बहादुरी नामले कहलिएका गोर्खालीहरुको भूमिमा भ्रमण गर्न पाउँदा आफू खुसी भएको प्रतिक्रिया दिनुभएको हो ।

बिहीबार नेपालको औपचारिक भ्रमण आउनुभएको सचिव श्रृंगला शुक्रबार हेलिकप्टर मार्फत गोरखा भ्रमणमा जानुभएको हो । गोरखा पुगेर उहाँले भन्नुभयो -‘गोर्खाली बहादुरी छन् भनेर संसारभर चिनिएका छन्, त्यो गर्विलो परिचय दिलाउने भूमिमा आउन पाउँदा धेरै खुसी लागेको छ।’

उहाँले नेपाल एकीकरण गरेको तत्कालीन राजा पृथ्वीनारायण शाहलाईसमेत स्मरण गर्नुभएको थियो । गोर्खाली बहादुरी भएको सुनेको स्थानमा स्वयम आफू आउँन पाउँदा अन्यन्तै खुसी भएको सुनाउनु भयो ।

गोरखामा पुग्नु भएका सचिव श्रृंगलाले भारतको सहयोगमा बनेको तीन वटा सरकारी विद्यालय भवन उद्घाटन गर्नुभएको थियो । २०७२ सालको भूकम्पका कारण क्षति पुगेपछि भारत सरकारको सहयायोगमा गोरखामा ३ विद्यायको निर्माण सम्पन्न भइसकेका छन् । उहाँले निर्माण सम्पन्न भएका ३ वटै बिद्यालयहरुको एकैपटक संयुक्त रुपमा उद्घाटन गर्नुभयो । गोरखा नगरपालिका वडा नम्बर ८ लक्ष्मीबजारमा महालक्ष्मी मावि, वडा नम्बर ८ डुम्रीडाँडामा रत्नलक्ष्मी मावि र वडा नम्बर १० छेवेटारमा तारा माविको भवन भारतीय सहयोगमा पुनर्निर्माण भएका हुन् ।

त्यस्तै भारतकै सहयोगमा गोरखामा ४ विद्यालयहरु निर्माण भइरहेका छन् । भारतले प्राकृतिक विपत्तिपछि नेपाललाई हरेक क्षेत्रमा सहयोग गरिरहेको उहाँले सुनाउनुभयो । भूकम्पपछि भारतले गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घर पनि निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । जस अन्तर्गतका कामहरु भइरहेका छन् । हालसम्म झण्डै ४६ हजार घर निर्माण कार्य सकिएको बताइएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?