मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भीमेश्वरको शिलामा ‘पसिना’ आएपछि पूजापाठ, प्रसाद राष्ट्रपतिलाई पठाइने : दैविक शक्ति सबैले शेयर गरौ !ॐॐ

दोलखा ।दो’लखाको प्र’सिद्ध भीमे’श्वर मन्दि’रको शि’लामा ‘पसिना’ आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति जारी गरेर मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक/पटक पसिना आएको जनाएको हो ।

शिलामा पसिना आएसँगै प्रच’लित परम्परा’अनु’सार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गरेका छन् ।प्रशासनले भीमेश्वरको पूजा व्यवस्थापन समितिका पदाधिकारीसँग बैठक गरी राष्ट्रप्रमुख समक्ष प्रसाद पठाउने व्यवस्था मिलाइएको जनाएको छ ।

पूजापाठको प्रसाद बुध’बार राष्ट्रप’ति विद्या’देवी भण्डा’री समक्ष पठाउने व्यवस्था मिला’इएको प्रशास’नको विज्ञप्तिमा उल्लेख छ । सो शिलामा पसिना आउँदा राष्ट्र प्रमुखलाई प्रसा’द पठाउने प्रचलन रहिआएको छ ।शिलामा पसिना आ’एपछि भक्तजनहरूले मन्दिर परिसरमा भेला भएर घ’ण्टी बजा’उने, धूप बत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले शिलामा हम्कने लगायत गर्ने गरेका छन् ।

भीमेश्वरको शिलामा पानी’का का’लो थो’पा देखिएर झर्ने क्रमलाई पसिना आएको विश्वास गर्ने गरिएको छ ।यसअघि २०७६ फागुन १५ गते मन्दिरको शिलामा पसिना आएको थियो । पसिना आएपछि क्षमापूजा गरिएको थियो ।

शिलाको दायाँबाट पसि’ना आउँदा राज’परिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने किंवदन्ति छ ।२०७१ सालको माघ १, २ र १५ गते भीमे’श्वरको शीलामा पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो । – नेपाल रैबार बाट

यस्तो छ प्रशासनको विज्ञप्ति हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?