मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

‘विप्लव’ समूहले दावी गरेको क्रान्तिमा ‘भ्वाङ’ परिसक्यो : पूर्वमन्त्री बाँस्कोटा,,,,हेर्नुहोस।

काठमाडौंँ– पूर्व’मन्त्री गोकुल’प्रसाद बाँ’स्कोटाले नेत्र’विक्रम चन्दको ‘विप्लव’ समूहको ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चन्दले दावी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले उक्त समूहका कार्य’कर्ता नेकपामा सुरक्षित हुनुपरेको बताए ।

सोही कार्यक्रममा चन्द नेतृत्व समूहका छ दर्जन बढी कार्यकर्ता आज नेकपामा प्रवेश गरेका छन् ।“ध्वं’शात्मक क्रान्ति आजको आवश्यकता होइन, तपाइँको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाइँ पनि नेकपामा प्रवेश गर्नुपर्‍यो”, उनले भने ।

प्रतिनिधिसभा सदस्य एवं नेकपा’का केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले विकास–क्रान्तिको निरन्तरता आजको आवश्यकता भएको औँल्याए ।“चन्द कमरेड तपाइँका नेता का’र्यकर्तालाई तपाइँको क्रान्ति बेअर्थ लागेर सबै जि’ल्लाबाट नेकपामा प्रवेश गरिरहेका छन्, तपाइँ पनि नेकपामा समाहित भए राम्रो हुन्छ,” उनले दोहोर्‍याए ।

बाँस्कोटाले नेपालमा हिंसात्मक क्रान्ति जरुरी नभएको बताउँदै शान्तिपूर्ण सङ्घर्ष र रुपान्तरणको भने आ’वश्यक रहेको उनको तर्क थियो ।

“बमभन्दा ठूलो शक्ति ज’नता हो, उहाँहरुको फै’सला नै मुलुकको परिवर्तनको संवाहक हुन्छ”, उनले भने,“जनताले राष्ट्रिय स्वतन्त्रता, जनजीविका, लोकतन्त्र र आर्थिक समृद्धिसँगै आत्मनिर्भरता नै क्रान्ति हो भन्ने देखाइसकेका छन्, अब यसैमा शान्तिपूर्ण सङ्घर्ष गरिरहने हो ।”

नेकपामा कोही दास र कोही मा’लिक नभएको उनको धारणा थियो । उनले नेकपा कुनै पनि हा’लतामा नफुट्ने दाबी गर्दै ठूलो पार्टीमा होहल्ला मात्रै भएको बताए ।“नेकपा फुट्दैन, अब पार्टीभित्र फुटको राजनीति होइन, विचार, कार्यक्रम, सि’द्धान्त र योजनाको प्रतिस्पर्धा हुन्छ ।” उनले नेकपालाई ठूलो घरको संज्ञा दिँदै बेलाबेलामा होहल्ला हुनु स्वाभाविक रहेको बताए ।

विकासमा राज’नीतिको कुरा अलि’अलि आउने भए’काले सबैले विकास–निर्माणमा मिले’र सुख र समृद्धिलाई प्रामिकता दिनुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।खबर हब बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?