मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चर्च बनाउन भित्रिएको डलर आवि*स्कारमा लगाउने हो भने नेपालको काया*पलट हुन्छ: महाविर पुन

म्याग्दीको विकट गाउँ नाङ्दीमा जन्मेका महावीर पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका हुन् । झण्डै २५ वर्ष विद्यालय शिक्षकका रुपमा काम गरेका पुनले ७ वर्षअघि राष्ट्रिय आ*विष्कार केन्द्र स्थापना गरेका थिए ।

वायरलेस प्रविधिको प्रयोग गरेर गाउँगाउँमा इन्टरनेट सुविधा पुर्‍याएबापत् एसियाको नोबेल पुरस्कारका रुपमा लिइने म्यागासेसे पुरस्कारबाट सम्मानित पुनले शुरु गरेको राष्ट्रिय आविष्कार केन्द्रले अहिले नयाँ नयाँ आविष्कारको काम गरिरहेको छ ।

जुन पुरस्कार उनले आविष्कार केन्द्रका लागि पैसा जुटाउनका लागि बेच्ने तयारीसमेत गरेका छन् । मुनाफारहित संस्थाका रुपमा रहेको आविष्कार केन्द्रको शुरुवात गरेका पुनले काठमाडौँको किर्तिपुरमा केन्द्रको कार्यालय सञ्चालन गरेका छन् 

देशलाई सम्ब्रिद्द बनाउने अभियानमा लागेका पुनले नेपालीले पैसा गलत ठाउमा लगानी गरेको गुनासो गरे’ उनले भने चर्च बनाउन भित्रिएको डलर मात्र आविस्कारमा लगाउने हो भने पनी नेपालको कायापलट गर्न सकिने बताए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?