मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हामी कुनै पनि हालतमा एकबद्दता हुन सकेनौ दुख लाग्छ:सामाजिक अभियन्ता सुजन लिम्बु

सामाजिक अभियन्ता सुजन लिम्बु लेख्नु हुन्छ:

कता कता मैले मेरो देश मेरो नेपाल् आमा गुमाइ रहेको आभास हुदैछ अनि कता कता मेरो नेपाल् आमा माथी बन्दुक धारी हरुले नेपाल् आमाको कन्चेट मा ताकिताकि हत्या गर्न आतुर छन गिद्द्ले सिनो लुछ्न घेरिएको सिनो जस्तो बनाइ सकेछन मेरो नेपाल् आमालाइ तर मेरो देश नेपाल् आमा का वीर गोर्खाली सपुत हरु ठूलो रङ्गमन्च भित्र थपडि बजाउदै दोहोरी गाउदै रहेछन अनि नाचेको हेरन थपडी सङ्गै माया छैन नेपाल् आमाको है ?!

जसरी मादल बज्छ उसरिनै नाची रहने समय त हैन नि कित सुरताल लय फेर्नु पर्यो नि ! अरे अनि समाज परिबर्तन गर्ने हाम्रो बोली हरु खोइ ? जब सानोतिनो कुराहरुत सहने हामिमा क्ष्यमता नै छैन अनि कसरी समाज परिवर्तन हुन्छ ?अनि देश समृद्ध बनाउने हाम्रो भनाइ हरु खोइ ? जहाँ सानोतिनो कुराहरुमै महाभारतको पुराण को कथा भन्दा सयौ गुणा खतरनाक खेल हुदो रहेछ आफू आफू लडेर हामी नेपाली आमाका वीर गोर्खाली सपूत हरु कमजोरी बन्नु मात्र हो बिडम्बना कमजोरी बनि पनि सक्यौ !

आखिर सबैलाइ जय जय कार गरियो सबैलाइ हाइ हाइ कार गरियो पुग्यो अब यी खोक्रो आदर्सबादी सोच हरु बोकेर समाज परिवर्तन का भ्रम नफैलाउनु जब हामिमा वीर गोर्खालिको भाब नै छैन भने समाज परिवर्तन हुदैन समाज बन्दैन समृद्ध नेपाल कसरी बन्छ बन्दैन अब साच्चै वीर खोर्खाली खोज्न अब गाउँ जानू पर्छ जहाँ निस्कपट निस्वार्थ हुन्छ याहा यत्रतत्र छरिएको बस्तिमा हरुमा निस्वार्थ पाइन्न याहात स्वार्थ नै स्वार्थ ले भरिएको हुन्छ !

सबैलाइ मेरो हेर्ने नजर राम राम थियो कृष्ण कृष्ण थियो सीता सीता थियो तर आज त सबै किन किन रावण मात्र देख्न थाले स्वार्थ नै स्वार्थले भरिएको भेटे निस्वार्थ भावना मा नेपाल् आमा का सपूत अनि नेपाल आमा लाई साथ दिई रहे तर याहा त म अन्धारमा कनाकन्ठोर जङ्गल भित्र भौतारिदै गन्तब्य बिहिन यात्रामा निष्पष्ट कालो अधेरी रात भित्र मेरो नेपाल् खोज्दै हिडेको थिएछुनी नत याहा मेरो नेपाल् पाए न त यहाँ वीर गोर्खाली नै पाए पाए त केवल कालो कालो रात भित्र चल्ने यत्रतत्र मात्र पाए!

यो लेख ब्याक्ती लाई इङ्कित हैन समग्रमा मेरो नेपाल् अनि मेरो नेपाली सम्पुर्ण लाई हो हामी कुनै पनि हालतमा एकबद्दता हुन सकेनौ दुख लाग्छ सबैलाइ एउटै नजर बाट राम्रो देख्नु सायद मेरो भुल थियो जे हुन्छ सब राम्रो को लागि हुन्छ जय होस सबैलाइ मरि जाने यो चोलामा दाजुभाइ दिदिबहिनी आ छोडी दिनुस यी लुछाचुडी जितेर लानु केही छैन खाली हात खाली हात

 

 

 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?