मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चामल सकिएमा पशल नजानुस् , नेकपा पोको बोकेर आउँछ: प्रधानमन्त्री ओली!

दमक : प्रधान*मन्त्री केपी शर्मा ओलीले अब कोही पनि ब्यक्ति भोकै बस्नु नपर्ने बताएका छन् । झापाको दमकम आयोजित दमक चिसा पानी रवि सडक शिलन्यास समारोहमा बोल्दै उनले वर्तमान सरकारले जनताको आधारभुत आवश्यकता पुरा गर्ने गरी काम गरिरहेकाले कोही पनि भोकै नपर्ने बताएका हुन् ।

उनले भने ,यो देशमा किरा फट्याग्रा त भोकै मरदैनन् ,कोही पनि जनता भोकै मर्नु हुदैन ।

उनले ठटेउलो तरिकामा भने ,घर चामल छैन भने हामीलाई खबर गर्नुस् ,नेकपा पोको बोकेर आउँछ, त्यसका लागि मैले २ लाख रुपैँया छुट्याएको छु।

उनले जनता आवास कार्यक्रम अन्तरर्गत देशभर ८ हजार घर बनाइएको बताए। उनले सरकारको काम देखेर बिपक्षी आत्तिएको आरोप लगाए । सरकारको काम सामु घुँडा टेकेको दाबि गरे ।

उनले भने ,यो सरकारको काम देखेर विपक्षीको निन्द्र हरण भएको छ, केहि सीप नचलेर मेरो मृत्युको प्रतिक्षामा छन। उनले आफु प्रधान्मन्त्री भएपछि देशभर ३ हजार किलोमिटर बाटो कालोपत्रे भएको बताए । यस्तै २३५ वटा पुल बनेको जानकारी दिए ।

नेपाल कृषिको उर्वर भुमि रहेकाले यहाँ कृषि आधुनिकिकरणको माध्यमबाट देशको अर्थतन्त्रमा टेवा पुर्याउने बताए । उनले वर्तमान सरकार बिकास निर्माणको क्षेत्रमा तिव्र गतिमा लागिरहेको दाबि गरे ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?