मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पप्पु कन्स्ट्रक्सनलाई तीन वर्ष काम गर्न नपाउनेगरी कालो*सूचीमा!

काठमाडौं ।सार्व*जनिक खरीद अनुगमन कार्यालय ताहाचलले पप्पु कन्स्ट्रक्सनलाई  का**लो सूचीमा राखेको छ । कार्यालयले सूचना प्रकाशित गरी कन्स्ट्रक्सनलाई तीन वर्ष काम गर्न नपाउनेगरी कालो**सूचीमा राखेको छ ।

सडक विभागको सिफारिसमा पप्पुलाई का*लोसूचीमा राखिएको सूचनामा उल्लेख छ । यो कम्पनीको सञ्चालक नि*लम्वित सांसद हरिनारायण रौनियार हुन् । तर, अहिले उनको छोराको नाममा छ । समाजवादी पार्टी, नेपालका सांसद चौधरी भ्रष्टाचार अभियोगसँगै निलम्बनमा परेका छन् ।

पप्पुसँगै अन्य ५ कम्पनीलाई पनि का**लोसूचीमा राखिएको छ । तर, बाँकी ६ कम्पनीलाई भने एक वर्षे अवधि तोकिएको छ ।

कालोसूचीमा पर्ने एक कम्पनीले भने नेपाल प्रहरीकै काम नगरेकाले उजुरी परेको थियो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा श्रीदेव सप्लायर्स काठमाडौंलाई एक वर्षसम्म काम नपाउनेगरी कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।

निशा सम्पायर्स हेटौडा, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी, बारा कन्स्ट्रक्सन र एजबीकेसी निर्माण सेवा सिन्धुपाल्चोकलाई पनि एक–एक वर्ष सार्व*जनिक निकायको कुनै पनि खरीद कारबाहीमा भाग लिन नसक्नेगरी कालोसूचीमा राखिएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?