मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कालापानी जान डराए उपप्रधानमन्त्री पोखरेल, छर्लंग भयाे ओली सरकारको झु**टो राष्ट्रवाद !

काठमाडौं ।  भारतीय सेनाको कब्जामा रहेको कालापानी निरीक्षणका लागि पठाइएका उपप्रधान एवं रक्षा**मन्त्री ईश्वर पोखरेल रित्तो हात फर्किएका छन् ।

आइतबार दार्चुला जाँदा उपप्रधानमन्त्री पोखरेल कालापानीको निरीक्षणमा जाने खबर आएपछि आम नागरिकले चासो व्यक्त गरेका थिए । तर, यो च*र्चा फिक्का सावित भएको छ । पोखरेल कालापानी भन्दा १७ किलोमिटर वर बाट नै फर्किएका छन् । 

पोखरेल नेतृत्वको टोली छाङ्गरुकै आकाशबाट फर्किएको हो ।  मौसम खराबीका कारण  कालापानीको निरीक्षण गर्न नसकेको  टोलीले जनाएको छ । 

यससँगै संसदमा लिम्पि*याधुरा, कालापानी र लिपुलेक समेटिएको भारतीय नक्सा सच्याउने मात्र नभई नेपाली भूमि फिर्ता ल्याउने घोषणा गरेका प्रधानमन्त्री ओलीको बोली पनि ‘गफ’ नै सावित भएको छ । 

विश्लेष*कहरुले सरकारमाथि दुई वर्ष कार्यकालको समीक्षाका क्रममा आलोचना र एमसीसी मुद्दालाई डाइभर्ट गर्न वलि सरकारले कालापानीको फण्डा फ्याँकेको टिप्पणी समेत गरेका छन् । 

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले व**लि सरकारको राष्ट्रवाद छर्लंग भएको बताएका छन् । कालापानी फिर्ता ल्याउने मौका नेपालले गुमाइसकेको उनको भनाई छ । 

सोमबार विहानै कालापानी हिँडेको दार्चु*लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना तथा सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेशसभा सदस्य गेल्बुसिंह बोह*रा तथा मानबहादुर धामीसहित १० जनाको टोली छाङ्गरु पुगेर फर्किएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?