मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

स*रकार र पा*र्टीमा बास्कोटामात्र योग्य छन्: प्रधानमन्त्री ओली!

काठमाडौं– प्र*धानमन्त्री केपी शर्मा ओलीले स*रकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रवि**धिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन्।ओलीले बास्कोटाको मुक्तकण्ठले प्रशंसा गर्दै सरकारमा भएका सबै मन्त्री र पार्टीमा भएका सबै नेताभन्दा बास्कोटा धेरै राम्रो भएको समेत बताएका छन्।

सोमबार मन्त्री बाँस्कोटको गृहजिल्ला काभ्रेपलाञ्चोक पुगेका प्रधानमन्त्री ओलीले उनको प्रशंसा गरेका हुन्।प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई देख्नासाथ विरोधीहरु चुप लाग्ने बताए।

‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तु**लाको एकातिर गोकुल बाँस्कोटा अर्कोतिर अरू सबैजस्तो भएको छ’, उनले भने, सरकारको विरोध गर्नुपर्‍यो भने गोकुल बास्कोटातिर हेर्नेबितिक्कै चुप लाग्छन्।’

धुलिखेल नग**रपालिकाको ३४ औं स्थापना दिवसमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काभ्रे प्रतिभा जन्माउने जिल्ला भएको बताए।

उनले काभ्रे विकासको सम्भा*वना भएको जिल्ला भएको बताए। सो अवसरका अर्गानिक खेती गरेर कीर्तिमानी राख्न काभ्रेवासीलाई उनले आग्रह समेत गरेका थिए।सो अवसरका प्रधानमनत्री ओलीले स्व. मदन भण्डारीको शालिक अ*नावरण गरेका थिए।

कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, सञ्चारमन्त्री गोकुल बाँस्कोटा खा**नेपानी मन्त्री बिना मगर धुलिखेल पुगेका थिए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?