मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कडा प्रहार! दाहालले मा*नसिक सन्तुलन गुमाएको सुजाताको आ*रोप!

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल बेला–बे**लामा आफ्नै अभिव्यक्तिको पासोमा पर्ने गर्छन् ।बिहीबार ‘जनयुद्ध दिवस’ मनाउनेक्रममा दाहालले युद्धकालमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले विद्रोही माओवादीलाई ठूल्ठूला आक्रमण गर्न र सदरमुकाम हमला गर्न आग्रह गर्ने गरेको बताए ।

उक्त अभिव्यक्तिको कांग्रे**सले खण्डनमात्रै गरेको छैन, दाहालको बोलीमाथि नै प्रश्न उठाएको छ ।

२५औं जनयु**द्ध दिवसका दिन बिहीबार नेकपाको मुख्यालय धुम्बाराहीमा भएको कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ठूल्ठूला फौजी आक्रमणका विषयमा दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसले आपत्ति जनाइसकेको छ ।

दाहालले तत्कालीन राजाको नि**रंकुशता अन्त्यका लागि ठूला फौजी हमला गर्न आफूलाई कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले अनुरोध गरेको भन्दै विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र स्थापना गर्न सफल भएको बताएका थिए ।

दाहालले दिएको यो वि**वादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसले स्व. कोइरालाको भूमिकालाई अर्थहीन ढंगले प्रस्तुत नगर्न दाहाललाई स्मरण गराइसकेको छ ।

स्व. कोइरालाकी छोरीसमेत रहेकी कांग्रेस नेतृ सुजाता कोइरालाले तत्कालीन विद्रोही नेता दा*हालको अभिव्यक्तिमा विचलन मिसिएको र अपरिपक्व नेता भएको प्रतिक्रिया दिइन् ।

कांग्रेस नेतृ कोइरालाले तत्कालीन विद्रोही नेता दाहालको पृष्ठभूमि, राजनीतिक चरित्र र अभिव्यक्ति तत्कालीन एमालेका लागिसमेत महँगो सावित हुँदै गएको टिप्पणी गरिन् ।

नेपाली कांग्रेसले माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्ने स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने अराजनीतिक र आपत्तिजनक प्रयत्न दाहालले गरिरहेको भन्दै ऐतिहासिक तथ्यलाई तोडमोड नगर्नसमेत सचेत पारेको छ ।

हिंसाको राज**नीतिलाई सुरक्षित अवतरण गराउन संयोजन र नेतृत्व गर्ने नेताले हिंसात्मक आक्रमणका लागि प्रेरित गरेको भन्ने विरोधाभाषपूर्ण अभिव्यक्ति सच्याउन पनि कांग्रेसले दाहाललाई सुझाएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?