मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कस्ले बाजी मार्ला त पहिलो ‘कमेडी च्याम्पियन’?

ने**पालकै पहिलो स्ट्यान्ड अप क**मेडी रियालिटी सो कमेडी कमेडी च्याम्पियनका उत्कृष्ट चार प्रतिस्पर्धी को प्रस्तुति पनि सकिसकेको छ । भने पफर्मर अफ द राउन्ड हुँदै हिमेश पन्त ग्रान्ड फिनाले राउन्डमा पुगिसकेका छन् ।

उत्कृष्ट चारबाट हिमेश पन्तले फिनालेमा आफ्नो स्थान सुरक्षीत गरेसँगै अब इटहरीका सुमन कोइराला, स्याङ्जाका विष्णु प्रसाद गौडेल र रोल्पाका खड्गबहादुर पुन मगर मध्ये एकजना ग्रान्ड फिनाले राउन्ड नपुग्दै बाहिरिने निश्चित छ ।

तुलनात्मक रूपमा पछिल्ला केही एपिसोडमा कमजोर प्रस्तुति गरिरहेका भनिएका हिमेश पन्तले शृङ्खलाको २६ औं एपिसोडमा पफर्मर अफ द राउन्ड हासिल गरे सँगै प्रतियोगिता थप रोचक बन्न पुगेको छ ।

यसअघि ‘द**ले दाई’ बनेर उदाएका सुमन कोइरालाको २६ औं एपिसोडको प्रस्तुति दमदार रहेपनि उनी पफर्मर अफ द राउन्ड जित्न असफल रहे । आफ्नै शैलीको कमेडीमा पोख्त रहेका खड्गबहादुर पुन मगर पनि जजको रोजाइमा पर्न सकेनन् ।

२६ औं एपि**सोडमा राजनैतिक विषयमा औसत प्रस्तुति दिएका हिमेश पन्त टप – ३ मा प्रवेश गरेसँगै प्रतियोगिता कसले जित्छ भनेर अहिले नै एकिन गर्न सकिने अवस्था भने छैन ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?